लिखु गाउँपालिका अध्यक्षसँग २ करोड माग्ने लुटेरा प्रहरीकाे गोली लागी घाइते

अनलाइन दर्पण 2019-08-09
img

रामेछापकाे लिखु गाउँपालिका अध्यक्षसँग २ करोड माग्ने लोप्साङ भनिने बाबुराम तामाङलाई गोली हानी पक्राउ गरेको छ । काठमाडौं स्वयम्भुकाे झिगु क्याफेमा  शुक्रबार महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले लुटेरामाथि दुई राउन्ड गोली चलाएको थियाे ।

प्रहरीको गोली लुटेरा लोप्साङ तामाङको घुँडामूनी लागि घाइते भएका र अर्का लुटेरा रामेछाप स्थायी घर भएका अमृत तामाङ पनि पक्राउ परेका अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रहरीको गोली लागि घाइते भएका लोप्साङ भन्ने मिलनले २ करोड रुपैयाँ अध्यक्षले नदिए अध्यक्षकी छोरीको ज्यानै लिने धम्की समेत दिएका थिए । तामाङको यस्तो धम्कीपछि पीडित परिवारले प्रहरीमा उजुरी दिएको र त्यही उजुरीका आधारमा शुक्रबार स्वयम्भुको विजेश्वरीमा प्रहरीले तामाङको समुहलाई भेटाएर नियन्त्रणमा लिन खोज्दा तामाङ भाग्न खोजेपछि गोली चलाएको जनाएको छ ।

सम्बन्धित समाचार