त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षाशास्त्र संकायतर्फ जनसंख्या र स्वास्थ्य विषयको पठनपाठन हुँदै आएको पश्चिम रोल्पाको नवनेपाल क्याम्पसमा चारजनामात्र शिक्षकका भरमा चलिरहेको समाचार आजको नागरिकले तेस्रो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, सुन्दा पत्याउनै नसकिने भए पनि त्रिवेणी गाउँपालिका जुगारमा रहेको यो क्याम्पसमा जनसंख्या र स्वास्थ्य दुवै विषयका शिक्षक छैनन् ।
एक जना क्याम्पस प्रमुख अंग्रेजीका फुलटाइम शिक्षक हुन् भने बाँकी तीनजनाले पार्टटाइम नेपाली पढाउँछन् ।
प्रथम वर्षमा ४९, दोस्रो वर्षमा ३२, तेस्रो वर्षमा ३८ र चौथो वर्षमा २१ जना विद्यार्थी भर्ना भए पनि शिक्षक अभावका कारण यहाँ दैनिक आउने विद्यार्थीको संख्या मुस्किलले दसबाह्रजना मात्र हुन्छ ।