काठमाडौं, चैत्र ६ । चैत ९ गतेदेखि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि फारम खुल्दैछ ।
यसपटक इपिएसले भाषा परिक्षाका लागि अनलाईन फारम लिने भएसँगै घण्टौं लाइनमा उभिएर फारम भर्नुपर्ने झण्झटिलो वाध्यताबाट परिक्षार्थीहरु मुक्त हुनेभएका छन् ।
आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाँदैछ । जसमध्ये उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली जानेछन् ।
यसपटक परिक्षार्थीहरुले परिक्षाको फारम अनलाईनबाटै बुझाउन सक्नेछन् । तर त्यसका लागि फारम भर्नुपूर्व नै उनीहरुले बैंक खातामा परिक्षा शुल्क वापतको शुल्क भने बुझाएको हुनुपर्नेछ ।
फारम भर्न जततउकस्ररभयभचक।भउकलभउब।िनयख।लउरमा लगइन गर्नुपर्नेछ । त्यसपछि त्यहाँ आउने स्टेपहरु फलो गर्दै फारम भर्न सकिनेछ ।
फारम भर्ने क्रममा परिक्षार्थीले ग्लोबल आईएमई बैंकमा पैसा बुझाउँदा पाएको कोड नम्बर र एमआरपी पासपोर्टको नम्बर राख्नुपर्नेछ । त्यसैले बैंकमा पैसा बुझाउँदा पाएको उक्त नम्बर सुरक्षित राख्नुपर्नेछ ।
अनलाइन फारम भर्दा एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउनेछन् ।
परिक्षार्थीले फारम भरेपछि इमेलमा प्रवेशपत्र प्राप्त गर्नेछन् । परिक्षार्थीले उक्त प्रवेशपत्र कलर प्रिन्ट गरेर परिक्षामा सामेल हुन पाउनेछन् । परिक्षार्थीले परिक्षामा सामेल हुन प्रवेशपत्रका साथै आफ्नो पासपोर्ट पनि साथै लिएर जानुपर्ने हुन्छ ।
परिक्षा केन्द्र र समय भने २०७४ साल जेठ १९ गते सार्वजनिक हुनेछ ।
आवेदकहरुले २०७४ साल जेठ २७ र २८ गते भाषा परीक्षा दिन पाउनेछन् ।