आइफा अवार्ड गर्न बजेट छुट्याइएको छैन : मन्त्री बाँस्कोटा

अनलाइन दर्पण 2019-07-02
img

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्ड गर्ने बजेट नछुट्याइएको बताएका छन ।

सोमबार चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट नछुट्याइएको बताएका छन ।

कार्यक्रम गर्न हलिउडले प्रस्ताव ल्याएपछि सरकार सकारात्मक रहेको बताउदै आइफा नेपालमा आयोजना गर्दा देशलाई घाटा नहुने र देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि दाबी गरे ।

उनले भने ‘पत्रकारमाथि भरोसा नै हुन छाड्यो । आफूले बोलेको कुरा आफैं रेकर्ड राख्नुपर्ने भयो’ उनले भने, ‘पत्रकारको समाचार लेख्ने ढंग छैन ।’ उनले खोजमूलक पत्रकारिता गर्न पनि सञ्चारकर्मीलाई सुझाव  दिएका छन ।

मन्त्री बाँस्कोटाले नेपाली सिनेमा हलमा १८० दिन अनिवार्य रुपमा नेपाली फिल्म चलाइनु पर्ने र नचलाए सरकारले ताला लगाउने चेतावनी दिएका छन ।

उक्त कार्यक्रममामा वरिष्ठ १५ जना कलाकारलाई विशेष सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

Advertisement