कालिन्चोक गाउपालिकाले गर्‍यो न्युनतम पारिश्रमिकको घोषणा

अनलाइन दर्पण 2019-05-09
img

बैशाख २५;दोलखा कालिन्चोक गाउपालिका को आज बसेको कार्यपालिका को बैठक ले गाउँपालिका भित्र रहेका सामुदायिक सरकारी कार्यलयमा कार्यरत अस्थाई ,करार र निजि श्रोतमा कार्यरत कर्मचारी र शिक्षक लाई न्युनतम पारिश्रमिक दिने घोषणा गरेको छ।गाउपालिका प्रमुख बिन कुमार थामीको अध्यक्षतामा बसेको बैठक ले न्युनतम पारिश्रमिक ने रु १३,५०० दिने ,सामुदायिक बिध्यालयमा इ-लाइब्रेरी बनाउन प्रस्तावको आधारमा अनुदान प्रदान गर्ने,गरिबीको रेखामुनि रहेको बिध्यार्थीलाई खाजा,बिध्यालय पोसाक लगायतको ब्यबस्था गर्ने कुरा    जानकारी दिनु भयो।वडा नम्बर ४ का अध्यक्ष एबम नगर शिक्षा बिभाग संयोजक केसब ठकुरिका अनुसार बिध्यालयमा कार्यरत शिक्षकहरु ३०००/४००० हजार आफ्नो सेवा दिई रहेका थिए अहिले पनि इसिडि दरबन्दीमा कार्यरत शिक्षकको मासिक तलब सरकारले ६००० हजार दिने गरेको छ।बिद्यालयको निजि श्रोत बाट राखेको शिक्षक र कर्मचारीको हालत नि तेस्तै छ अहिले हाम्रो कार्यपालिकाको यश निर्णयले उहाहरु लाई ठुलो न्याय भएको अनुभव भएको छ।

सम्बन्धित समाचार

Advertisement