काठमाडौं ,३ चैत। मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलि पल्टै थप चार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
तमलोपा, सदभावना, रामसपा र फोरम गणतान्त्रिकका नेताहरुले समर्थन फिर्ताको लिखित पत्र आज संसद सचिवालयमा बुझाएका छन् ।
सरकारले संविधान संशोधनमा आनाकानी गरेको, स्थानीय चुनाव स्थगितको घोषणा नगरेको र मधेसका जनतालाई दमनकारी नीति अंगालेको लगायतका कारण देखाउादै मधेसी मोर्चामा आवद्ध दलहरुले समर्थन फिर्ताको निर्णय गरेका हुन् ।