भक्तपुर । बालिकालाई बलात्कार गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० मुलढोकाका २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङ रहेको प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका–१ ईपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई भक्तपुर मुलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रबार राति उनीहरुले बलात्कार गरेको खबर प्राप्त भएपछि प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो ।प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।