नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको १० औं वार्षिकोत्सव  सम्पन्न 

अनलाइन दर्पण 2019-04-29
img

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित  नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सव  सम्पन्न गरेको छ । 

अस्पताल प्राङ्गनमा आइतबार बिहान एक  भव्य समारोहकाबीच वार्षिकोत्‍सव कार्यक्रम सम्पन्न भएको छ । ५१ सैयाको अस्पतालबाट वार्षिक १ लाख भन्दा बढी विरामीले सेवा लिदै आएका छन् । अस्पतालले चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा २ करोड ४५ लाख रुपैयाँ बढी मुनाफा कमाएको अस्पतालका कार्यकारी निर्देशक ज्ञानकृष्ण कायस्थले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई अब ५० शैयाबाट बढाएर १०० शैयामा पुर्याउनु पर्ने बताउनुभयो । उहाँले भौतिक संरचना थप गर्न आवश्यक बजेट ल्याईदिन आफू तयार रहेको समेत बताउनुभयो । सरकारले विरामीलाई दिएको उपचार खर्च र विमा सुविधाको विरामीले उपयोग गर्नुपर्ने बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद बस्नेतले लापर्वाहीले सरकारी अस्पतालमा जनताको विश्वास हट्दै गएको टिप्पणी गर्नुभयो । 

अस्पताल सञ्चालक समिति अध्यक्ष एवं मध्यपुर ठिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले आगामी वर्षभित्रै  अस्पताललाई १०० शैयामा विस्तार गरिने  र नर्सिङ्ग कलेज संचालनको समेत तयारी  भैरहेको बताउनुभयो । अस्पताललाई अझ सुविधा सम्पन्न, प्रबिधि र उपकरणमैत्री, सर्वसुलभ एवं गुणस्तरीय सेवा संचालनलाई अझै मजबुद बनाएर लैजाने नगर प्रमुख  श्रेष्ठले बताउनुभयो ।

दक्षिण कोरियाको क्योंहि इन्टरनेशनल मेडिकल कोअपरेशनमार्फत सन् १९९९ मा स्थापना भएको ‘कोरिया नेपाल मैत्री स्वास्थ्य केन्द्र’ मध्यपुर थिमि नगरपालिकाले सञ्चालन गरेपछि सन् २००९ मा ‘कोरिया नेपाल मैत्री अस्पताल’को नाममा सञ्चालित थियो । केही महिनाअघिमात्रै नगरपालिकाले यसको नाम ‘कोरिया-नेपाल मैत्री अस्पताल’बाट ‘नेपाल-कोरिया मैत्री नगरपालिकाअस्पताल’मा रुपान्तरण गरेकोे थियो ।

सम्बन्धित समाचार

Advertisement