नवलपरासीमा महिलालाई आत्मनिर्भर बनाउन ब्युटी पार्लर तालिम

अनलाइन दर्पण 2019-04-10
img

  अंगद यादव

नवलपरासी पश्चिम।  नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा मंगलबार देखि एक महिने ब्युटी पालर्र तालिम सुरु भएको छ ।

प्रतापपुर गाउँपालिकाको वडा नम्बर ७ को सहयोगमा र को लक्ष्मी आमा समूह मेगहीको आयोजनामा ज्ञान मन्दिर प्रा वि सुर्यपुरामा सिपमुलक ब्युटिसियन तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजकुमार शर्माले गाउँपालिकामा महिला र पुरुष बिचको भिन्नता अन्त्य गर्न तालिम सुरु गरिएको बताए । महिला र पुरुष बीचको भिन्नता अन्त्य गर्न महिलाहरुले आत्मनिर्भर हुन जरुरी रहेकोले महिलाहरुको लागि सिप मुलक ब्युटी पालर्र तालिम संचालन गरिएको अध्यक्ष शर्माले बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेको अध्यक्ष शर्माले तालिमबाट सिप सिखेर महिलाहरु आयआर्जन गर्दै आत्मनिर्भर बन्ने बताए । विशिष्ट अतिथि वडाध्यक्ष हरेन्द्र कुमार यादवले सिपले महिलाको पहिचान स्थापित गर्ने बताए ।

महिलाहरु घरमा मात्र सिमित नभई तालिमबाट सिप सिखी आर्थिक विकास गर्नु पर्नेमा उनले जोड दिनुभयो । गाउँपालिका भित्र रहेका बेरोजगार नागरिकहरुलाई व्यवस्थापन गर्न पनि सिपमुलक तालिम संचालन गरिएको उनले बताए ।

लक्ष्मी आमा समूह अध्यक्ष पुजा चौधरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा वडा सदस्य हरिनाथ पासी, भवानी शंकर चौधरी,स्मिता हरिजन, लगायतले आ- आफ्नो मन्तव्य व्यक्त गरेका थिए । वडा भित्रका ५० जना महिलाहरुको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार