अंगद यादव
नवलपरासी पश्चिम २५ चैत ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं.- ८ को सहकार्य र उपकार समाज संस्थाको आयोजनामा निःशुल्क तिन महिने सिलाइकटाइ तालिम सोमबारदेखि शुरु भएको छ ।
प्रतापपुर ८ पिपरपातीको सामुदायिक भवनमा कार्यक्रमको उद्घाटन गाउँपालिका उपाध्यक्ष अंजु कुमारी चौधरीले सिलाई कटाइ गरेर र मोमबत्ती बालेर गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले गाउँपालिकाको लक्षित वर्ग अनुसार उक्त तालिमको आयोजना गरिएको बताउनुभयो । उहाले महिलाहरुले मेहनत गरेर अगाडि बढेमा गाउँपालिकाले हरसंभव सहयोग गर्ने बताउँनुभयो ।
त्यस्तै मन्तब्य दिदै वडाध्यक्ष कादिर अलि अन्सारीले तालिममा आफुले सिकेको कुरालाई व्यवहारमा उतार्न सके तालिमको औचित्य रहेने बताउनुभयो । अन्सारीले महिलाहरु सिपको कारणले पछाडि नपरुन भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएकाले सबै महिलाहरु व्यावसायी मुखि र अात्मनिर्भर हुनुपर्ने बताउनुभयो ।
उपकार समाज संस्था रामग्राम-२ को अध्यक्ष गुड्डु गुप्ताको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष अंज कुमारी चौधरीको प्रमुख आतिथ्यता, उपकार समाज संस्थाका उपाध्यक्ष बनवारीलाल,वडा सदस्य निजामुदिन अन्सारी, युवराज मौर्य लगायतको सहभागीता रहेको थियोे ।
उक्त सिप सिकाई तालिममा ४२ जनाको सहभागिता रहेको वडा कार्यालयले जनाएको छ ।