अंगद यादव
नवलपरासी पश्चिम १५ चैत ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा आमा र नवजात शिशूको स्वास्थ्यमा सुधार ल्याउनका लागि गर्भवती र सुत्केरीलाई बिहिबार कुखुरा वितरण सुरु गरिएको छ ।
गर्भवती तथा स्तनपान गराइरहेका महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गरिएको पशु शाखा कि प्रमुख चन्द्रमाया फुजाँलले बताइन् ।
गाउँपालिकाको बहु क्षेत्रिय पोषण योजना अन्तर्गत ४ वडामा कुखुरा वितरण गरिएको शाखाका विजय खनालले बताए । अति विपन्न , गर्भवती तथा एक हजार दिनभित्रका सुत्केरी आमालाई कुखुरा वितरण अभियान सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिनुभएको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ७ मा गर्भवती र सुत्केरी गरी एक सय बिस घरमा कुखुरा वितरण गरेको हो ।
सुत्केरी, गर्भवती र २ वर्ष मुनिका वालवालिकाको पोषणमा सुधार ल्याउनका लागि अण्डा खुवाउन कुखुराको चल्ला वितरण गरिएको फुजाँलले बताइन ।
कार्यक्रम अन्तर्गत ६ महिनासम्म बच्चालाई आमाको दूधमात्र खुवाउने ६ महिनापछि अन्न, सागपात, पशुजन्य खानेकुरा र गेडागुडी पनि खुवाउनुपर्ने जस्ता पोषणका बारेमा समेत जानकारी गराइएको छ।
गर्भवती तथा एक हजार दिनभित्रका सुत्केरी आमालाई प्रतिपरिवार गिरिराज जातका भाले र पोथी वितरण गरिएको हो ।
वितरण गरिएका कुखुराले तीन महिनाभित्रमा अण्डा उत्पादन दिने बताइएको छ ।