ब्लड क्यान्सर रोगबाट पीडित रेखा सोडारीको आर्थिक अभाव कारण उपचारमा समस्या भएको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्वर २ बाबरेकी ३३ वर्षिय सोडारीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उहाँको परिवारले सहयोगको अपिल गरेका छन् ।
केहि दिनदेखी ब्लड क्यान्सर रोगबाट पीडित सोडारीलाई आर्थिक अभावका कारण उपचारमा गर्न समस्या भएपछि परिवारले सहयोग गर्न अपिल गरेका हुन् ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउने क्रममा ब्लड क्यान्सर रोग लागेको पत्ता लागेको हो । ब्लड क्यान्सरका कारण भक्तपुर क्यान्सर अस्पतालको बेडमा जीवन र मृत्युसँग लडिरहनु भएकोे रेखालाई सहयोग गर्न अनुरोध गरिएको छ । साथै उहाँलाइ O+ रगतकाे आवश्यक्ता रहेकाे रेखाका श्रीमान टेक बहादुर सोडारीले बताए ।
रेखाका श्रीमान टेक बहादुर सोडारीले आर्थिक अभाव भएको बताउनुहुदैँ श्रीमतीकाे जीवन बचाइदिन आग्रह गर्नुभएको छ ।
श्रीमान टेक बहादुरले भन्नु भयो, "आफुसँग पैसा नहुँदा समस्या भएको छ। मानविय सहयोग गर्न चाहानु हुनेहरुले जे जति सक्नुहुन्छ सहयोग गरिदिए मेरी श्रीमतीले नयाँ जीवन पाउने थिइन्।"
उहाँलाई सहयोग गर्न चाहानु हुनेले श्रीमान टेकबहादुर साेडारी 9843259089, बासुदेब सोडारी 9841370057, पुर्ण पाण्डे 9751000069 मा सम्पर्क गर्न सक्नु हुने छ ।