साकेला गाउँकार्यपालिका खाेटाङकाे सार्वजनिक सुनुवाइ हुदै

अनलाइन दर्पण 2019-03-26
img

खाेटाङ । साकेला गाउँकार्यपालिकाकाे सार्वजनिक सुनुवाइ यहि मिति २०७५ चैत्र १८ गतेबाट हुने भएकाे छ । गाउँकार्यपालिकाकाे प्रथम र दाेस्राे चाैमासिककाे एकै पटक सार्वजनिक सुनुवाइ गर्न लागेकाे साकेला गाउँपालिकाकाे कार्यालयले चैत्र १८ गते वडा नं. च्यान्डाँडा, १९ गते वडा नं. रतन्छा, २० गते वडा नं. ३ खिदिमा, २१ गते वडा नं. ४ मात्तिम र २२ गते वडा नं. ५ मात्तिममा वडा वाइज रुपमा गर्नेछ । 

गाउँपालिकाकाे सूचना प्रविधि अधिकृत तथा सूचना अधिकारी निसन राइका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा सबै राजनैतिक दल, उपभाेक्त्रा समितिका पदाधिकारी, महिला मञ्च, क्लव, शिक्षक, गैर सरकारी संस्था, सुरक्षा कर्मी, नागरीक समाज, विद्यार्थी, टाेल सुधार समिति, स्थानीय उधाेग वाणिज्य संघ, निर्माण व्यवसायी तथा अन्य सम्पूर्ण सराेकारवाला साकेला बासी दाजुभाइ तथा दिदिबहिनिहरुकाे भव्य उपस्थिति रहने छ ।  

सम्बन्धित समाचार