कृषि सहकारीका महिला सदस्यहरुलाई क्षयरोग सम्बन्धी प्रशिक्षण

अनलाइन दर्पण 2017-03-05

  ???????? ???????

भक्तपुर, २२ फागुन ।  ताथलीस्थित सौडोल कृषि सहकारीका  ३५ जना महिला सदस्यहरुलाई क्षयरोग सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का प्रशिक्षक मेनुका भासिमाले सौडोल कृषि सहकारीका  महिला सदस्यहरुलाई क्षयरोग सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । 

उक्त प्रशिक्षणमा भासिमाले   समुदायमा हावाको माध्यमबाट सर्ने रोग क्षयरोगले समुदायमा रहेको महिलाहरुलाई बढी असर हुने र क्षयरोग लागेमा निको हुने विधि, औषधी सेवनका तवरतरिका र औषधी सेवनपछि हुने असरका बारेमा प्रशिक्षण दिनु भएको थियो ।

भासिमाले घरको मुख्य व्यक्ति नै महिला हुने भएकाले महिलाहरु प्रशिक्षित भएमा सिंगो परिवारै रोग मुक्त हुने समेत   बताउनुभयो ।

जिल्ला विकास समिति भक्तपुर र नेपाल क्षयरोग निवारण संस्थाको साझेदारीमा  आयोजना  भएको उक्त कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरका सभापति राम सिख्वःले विगत केही वर्षदेखि जिविससंग क्षयरोग नियन्त्रण साझेदारी कार्यक्रम संचालन गर्दै आएको र यस साझेदारीताले भक्तपुरमा यस वर्ष क्षयरोगका  विरामी पत्ता लगाउने दरमा बृद्धि भएको र उपचारमा समेत रहेको जानकारी दिनुभयो ।

नेपाल क्षयरोग निवारण संस्थाका सचिव राजेश्वरी शिल्पकारले संस्थाको गतिविधि र कार्यक्रमको महत्व बारे प्रकाश पार्दै जनसमुदायमा कुनैपनि समस्या आएमा परामर्शको लागि क्षयरोग संस्था खुल्ला रहेको र कुनैपनि समयमा आएर परामर्श गर्न सकिने बताउनुभयो ।

सम्बन्धित समाचार