युवा स्टार अनमोल केसिकी आमा एबम् अभिनेता भुवन केसीकी पुर्व पत्नी सुस्मिताले ईन्गेजमेन्ट गरेकी छिन् । सुस्मिता बम्जन एक सफल निर्मात्री तथा अभिनेत्री पनि हुन् ।
९ सेम्टेम्वरमा सिंगापुरमा उनले दक्षिण भारतीय मुलुकका अष्ट्रेलियन नागरीक किलन स्वामीसंग ईन्गेजमेन गरेकी हुन् । स्वामी फिजीमा जन्मिएका हुन् । उनले सिंगापुरमा इन्गेजमेन्ट गरेकी छिन् ।
सुस्मिताले इन्गेजमेन्ट गरेपछि यस बिषयमा विभिन्न खालका प्रतिक्रिया आएका छन् ।
सन् २००१ मा अभिनेता भुवन केसी संग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिईन् । गत बर्ष सुस्मिताले चलचित्र ‘म त तिम्रै हुँ ‘ निर्माण गरेकी थिईन् ।
पारीवारीक सहमतीमा नै ईन्गेजमेन्ट गरेको अभिनेत्री सुस्मिताको विहे भने २०१९ को भ्यालेन्टाईन्डेको अवसरमा फिजीमा हुने बुझिएको छ ।
स्रोतले दिएको जानकारी अनुसार नायक अनमोल केसीको सहमतिमानै यो ईन्गेजमेन्ट गरिएको हो । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक व्यापारी हुन् । स्वामी अष्ट्रेलियाको के ग्यासका धनाड्य व्यापारी हुन् ।
सामाजिक संजालमा सुस्मिताको इंगेजमेन्टको समाचार भाइरल भएपछि उनका पुर्व पति नायक भुवन केसीले पनि प्रतिकृया दिएका छन् ।
लामो समयसम्म पनि बिहे नगरेकी आफ्नी पुर्व पत्नी सुस्मितालाई उनले भने ‘म उनलाई सफल दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छु ।’ भूवनले अगाडि भने-‘अनमोल ५ बर्षको हुँदा मसँग डिभोर्स गरेर अलग हुने निर्णय पनि उनले आफै लिएकी थिइन् । यसपटक बिहेको निर्णय पनि उनको आफ्नै हो । म उनलाई शुभकामना दिन चाहन्छु ।’