लाइसेन्सको ट्रायलमा पास गराइदिने भन्दै रकम माग्ने ३ जना पक्राउ

अनलाइन दर्पण 2018-09-14
img

भक्तपुर, २९ भदौ। सवारी चालक अनुमति पत्र (लाइसेन्स)काे ट्रायल परीक्षामा पास गराइदिने भनेर रकम मागेको अारोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा, बर्दीबासका २० वर्षीय अनिल बानिया र  बौद्धका २८ वर्षीय विकास लामा रहेका छन् ।

विशेष सुराकीका आधारमा महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको प्रहरी टोलीले उनीहरूलार्इ पक्राउ गरेको हो । 

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ राधेराधे स्थित इगो सजिलो ट्रायल सेन्टरमा अभ्यासको लागि आएका ब्यक्तिहरुसँग उनीहरूले पास गराइदिन्छु भन्दै रकम माग गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार