त्रिविद्धारा स्ववियु निर्वाचनको नतिजा सार्वजनिक

अनलाइन दर्पण 2017-03-04
img

काठमाडौं, २१ फागुन। त्रिभुवन विश्वविद्यालयले यही फागुन १८ गते सञ्चालन गरेको स्ववियु निर्वाचन २०७३ को हालसम्म निर्वाचन भएका २५१ वटा क्याम्पसको पछिल्लो निर्वाचनको परिणाम सार्वजनिक गरेको छ ।

स्ववियु निर्वाचन २०७३ को पछिल्लो नतिजा देश भरीका क्याम्पस हरुबाट एमाले निकट अनेरास्ववियुले अग्रता कायम गरेको छ । हाल सम्म अनेरास्ववियुले आंगिक क्याम्पस अन्तर्गत ९ वटा  क्याम्पस र सामुदायिक क्याम्पस अन्तर्गत ९९ गरी १०८ क्याम्पसमा बिजय हासिल गरी अग्रता कायम गरेको छ ।

त्यस्तैगरी नेपाल बिध्यार्थी संघले आंगिक क्याम्पस अन्तर्गत ८ र सामुदायिक क्याम्पस अन्तर्गत ७७ गरी ८५ क्याम्पसमा बिजय हासिल गरेको छ ।

त्यस्तै अनेरास्ववियु (क्रान्तीकारी)ले ४ आंगिक क्याम्पस र ४६ सामुदायिक क्याम्पसगरी ५० स्थानमा आफ्नो जित सुनिस्चित गरेको छ ।

अन्य संगठनहरुमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ ३ , नेपाल क्रन्तिकारी बिद्यार्थी संघ १, संघीय समाजबादी १,  विप्लव (क्रान्तीकारी) १,  नयाँ शक्ति  १,  अखिल छैटौं १ स्थानमा बिजयी भएका छन् ।

 

सम्बन्धित समाचार

Advertisement