अंगद यादव नवलपरासी पश्चिम २ भदौ ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं.९ मा एक वृद्धले ४ बर्षिय बालिकालाई करणी गर्दै गर्दा रंगे हात पक्राउ परेका छन् ।
स्थानिय ४ बर्षिय बालिकालाई करणी गर्दै गरेको अवस्थामा बालिकाकाे आमाले देखेपछि ६५ बर्षिय दरोगा थारुलाई स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् ।
घटनाबारे थप अनुसंधान भईरहेको र बालिकालाई मेडिकल परिक्षणका लागि पठाइएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
घटनाबारे अनुसंधानका कार्य पुरा भए पछि मुद्दा अभियोजन गरिने छ ।
इलाकामा एक बर्ष मित्र यस्तो करणीको ८ वटा घटना भएको इलाका प्रहरीको कार्यालयले जनाएकाे छ ।