भक्तपुर । गत असार १५ गते भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडाल जितपुरमा विभत्स तरिकाले हत्या गरिएका उमेश कार्कीका हत्यारा अझै फेला पर्न सकेका छैनन् ।
घटना भएको ४५ दिन बितिसक्दापनि प्रहरीले सबै अपराधी पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले आक्रोश व्यक्त गरेका छन् । हत्यारा मध्ये एक जनालार्इ प्रहरीले पक्रिए पनि हाल सम्म अन्य हत्यारा भने फेला पर्न सकेका छैनन् ।
हत्याको विषयमा विभिन्न हल्ला गरिएपनि उनका परिवारले भने केवल मासु पोखिएको भरमा मात्र उनको हत्या नभएको बताउँछन् ।
घटनामो प्रकृति हेर्दा उनलाई टाउकोमा मात्र २५ भन्दा बढि चोट लाग्ने गरि छुरा हानीएको थियो कुनै सानो रिसिवी नभएको भए यति विभत्स तरिकाले किन हत्या गर्नु । बुवा कृष्ण वहादुर कार्की बताउनुहुन्छ । आफ्नो छोराको हत्या भएपनि अरुको पनि हत्या नहोस् भनी छिटो भन्दा छिटो हत्यारालाई कानुनी दायरामा ल्याउनु आवश्यक रहेको उहाँको भनाई थियो ।
मेरो श्रीमानले केवल दुई टुक्रा मासु पोखिदिएको निउँमा नै हत्या भएको आफुलाई कुनै विश्वास नभएको स्व. उमेश कार्कीकी श्रीमती अनिता कार्की बताउनुहुन्छ । कुनै ठुलै रिसिविका कारण नै आफ्नो लोग्नेको हत्या भएको हुनु पर्ने उहाँको भनाई थियो । नत्र कुनै पनि समान्य मानिसलाई रिसै उठ्यो एक रड त हानेको रहेछ त रड टाउकोमा हानेपछि जो कोही पनि मुर्छा परि हाल्छ चक्कु नै ल्याएर छिया छिया हुने गरि टाउकोमा २५ भन्दा बढि चोट लाग्ने गरि चिर्नु त कुनै आपराधिक मानसिकता भएकाले मात्र गर्न सक्छन् । यसैले मासु पोखिएको रिसमा भन्ने कुरा असत्य भएको उहाँको दावी थियो ।
घोप्टीएको भनेको मासु पनि केवल ४ पाँच चोक्टा मात्र रहेको छ तल्लो तल्लामा मासु घोप्टाएको भए कसरी उहाँलाई माथिल्लो तल्लामा लगेर विभत्स हत्या गरियो त यो बहाना मात्र हो ।
स्व. कार्कीका परिवारले पत्रकार सँग भेटघाटमा हत्यारालाई छिटो भन्दा छिटो कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
यस्तो मानसिकताका अपराधीले अन्य स्थानमा जस्तो पनि अपराध गर्न सक्छन् नेपालको कानुन नै कमजोर छ जति अपराध गरे पनि उती त हो सजायं । उनका परिवारले घटना एक्कासीक भएको आवेस प्रेरित नभई योजना बद्द रुपमा भएको आरोप लगाएका छन् । घटना आवेश प्रेरित भएको भए मृतकलाई सामान्य एक वा दुई चोट मात्र हुनु पर्ने हो तर घटना हेर्दा उनको जीउमा चार जनाले थिचेर टाउकोमा मात्र २५ भन्दा बढि चोट लाग्ने गरि चिरिएको छ । यसैले यो कुनै आवेश प्रेरित नभई योजना बद्द रुपमा तडपाई तडपाई गरिएको हत्या भएको उनीहरुको ठम्याई रहेको छ ।
घटनाको ४५ दिन सम्म पनि हत्यारा पत्ता लगाउन नसक्नु कमजोरी भएको बताउँदै उनीहरुले घटना गरि फरार रहने अभियुक्तहरु राजेन्द्र चौधरी , बासुदेव लोहार (विक), सुकदेव लोहार (विक),शंकर पटेलको सम्पुर्ण जानकारी घर बतन आदि प्रहरीलाई थाहा हुँदा हुँदै पनि पक्रन असफल हुनु कमजोरी भएको उनीहरुको आरोप रहेको छ ।
हत्यामा संलग्नलाई छिटो भन्दा छिटो पक्रन उनीहरुले प्रहरीलाई आग्रह गर्न जाँदा आफुहरुलाई प्रहरीले अनुसन्धान भई रहेको बताउँदै आउने गरेको तर उपलब्धी भने हात नपर्दा आफूहरु दुखि रहेको जनाएका छन् ।
परिवारको कमाउने मानिस नै रहस्यमय तरिकाले मारिदा आफुहरु मर्माहित भएको उनीहरुको भनाई थियो । पीडित पक्षलाई उचित क्षतिपूर्तीको माग गर्दै उनीहरुले यस्ता घटना नदोरिउन भनी सजायका साथ साथ क्षतिपूर्तीको भरपाई पनि गराउनु पर्ने माग राखेका छन् ।
हत्या अभियुक्तका रुपमा हाल नेपाल आर्मीका राम सागर चौधरी भने थुनामा रहेका छन् ।
मृतक कार्कीका बुवा आमा श्रीमती र दुइ छोरा रहेका छन् ।