बालवालिका जोगाउन चोक चोकमा घण्टासुर जलाएर मनाइयाे घन्टाकर्ण पर्व: भिडियाे सहित

अनलाइन दर्पण 2018-08-09
img

भक्तपुर । बर्षमा जति दिन छन् त्यो भन्दा बढि पर्व रहेको नेवार समुदायमा आज आफ्ना बालवालिका जोगाउन घण्टासुरलाई आआफ्नो चोकमा जलाएर गँठेमंगल अर्थात् घन्टाकर्ण पर्व मनाइएकाे छ ।

नेवारी परम्परा अनुसार श्रावण कृष्ण चतुदर्शीका दिन बालवालिका खाने राक्षसका रुपमा खेदिदै आएको घण्टासुरको प्रतिमा बनाई चोक चोकमा जलाईने परम्परा रहेको छ ।

प्रत्येक बर्षको साउन कृष्ण चतुदर्शीका दिन यो जात्रा नेवारी समुदायमा भब्यताको साथ मनाउने गरिन्छ । यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन्।

यो जात्रा कहिले देखि मनाउने गरिएको हो त्यसबारे तथ्य प्रमाण नभेटिएता पनि समाजमा बच्चा मारेर खाने राक्षसको अनत्य गरि सोहि राक्षसलाई दोवाटोमा लगि आजकै दिन साँझमा जलाउने गरिन्छ ।

घण्टाकर्ण भाग्यमा भन्दा कर्ममा बिश्वास गर्ने र सदैव भगवानको नाम सुन्नु पर्ला भनी कानमा ठुलो घण्टा झुण्डाएर राख्ने भएकाले यो जात्रालाई घण्टाकर्ण नाम दिईएको. कथामा पढ्न पाईन्छ । राक्षसको आकृती बनाई नग्न श्वरुप दिएर घण्टासुर बनाई दिनभर दोवाटो र चौवाटोमा उभ्याई साँझपख सेलाउने गरिन्छ । गाथामोग छ्वालीबाट बनाईएको हुन्छ र यसलाई बिभिन्न तरिकाले सजावट गरिएको हुन्छ त्यतीमात्र होईन गाथामोग को शरिर खुल्ला राखिने परमपरा रहेको पाइन्छ खुल्ला शरिर र उत्तेजक लिंग को प्रदर्शनले राक्षेको उपामा दिइएता पनि घण्टाकर्ण भैरवको एक अंग भएको सामाजिक मान्यता पनि रहिआएको छ ।

नेवार समुदायमा यो जात्रा भब्यताका साथ मनाईएता पनि भक्तपुरमा यसको प्रभाव बढिनै रहेका पाईन्छ , आजको दिन गाथामोग जात्रा हेर्नलाई उपत्यका भित्रका जत्रालु मात्र नभई उपत्यका आसपासका जिल्ला बाट समेत जत्रालुको ओईरो लाग्ने गर्दछ ।

भक्तपुर जिल्लाका बिभिन्न ठाँउमा गाथामोगको रमझम बिहानै बाटै शुरुवात हुने र अन्य ठाँउमा भन्दा फरक रुपले मनाईने भएकाले भक्तपुरको घण्टाकर्ण जात्रा नेपालीका सामु प्रख्यात रहेको छ ।
यो दिन नेवारी समुदायमा घण्टाकर्णलाई गालीका रुपमा अश्लिल शब्दमा गाली गलौच गर्दै नग्न अवस्थाको घण्टाकर्ण चोक चोकमा दहन गर्ने चलन चल्दै आएको छ । तस्वीर;Madhyapur Thimi

video by Sambahak.com

सम्बन्धित समाचार

Advertisement