मृगौला रोगी सविताद्धारा सहयोगको याचना, मनकारीसम्म पुर्याउन सेयर गरिदिनुहोस्

अनलाइन दर्पण 2018-08-08
img

दमक । दुवै मृगौला बिग्रिएर उपचाररत पाँचथर, मिक्लाजुङकी सविता राईले सहयोगको याचना गरेकी छन् । २१ बर्षको उमेरमानै दुवै मृगौला बिग्रिएर जीवन मरणको दोसाँधमा पुगेकी सविताले आफ्नो जीवन वचाउन सबैसँग आग्रह गरेकी हुन् । अघिल्लो मंगलवार दमकमा पत्रकार सम्मेलन गर्दै सविताले आफ्नो १० महिने छोराको लागिपनि आफु बाँच्न चाहेको भन्दै सहयोग गर्न आग्रह गरिन् । सविताका श्रीमान योगेस राईका अनुसार तिन महिना अघि सविताको दुवै मृगौला बिग्रिएको पत्ता लागेको हो । बैदेशिक रोजगारको लागी कतार पुगेको दुई महिनामै श्रीमती बिरामी भएर आफु नेपाल फर्किनु परेको भन्दै योगेसले आफुले यस अघि पनि बिदेशमा बसेर कमाएको सबै सम्पत्ति श्रीमतीको उपचारमा सकिएको बताए । अहिलेसम्म आफैँसँग भएको सम्पत्तिले उपचार गरे पनि अब भने सबै सम्पत्ति सकिएकाले सवैसँग याचना गर्नु परेको योगेशले बताए ।

पत्रकार सम्मेलनमा बिरामी सविताका ठुलोबुबा लोकगायक बिशाल राईले भतिजी सविताको अहिले डायलासिस गरिरहेको र अब मृग्रौला नै फेर्नुपर्ने भएकाले सबैलाई सहयोग गर्न आग्रह गरे । उनले मृगौला प्रत्यारोपणका लागी रु २० लाख भन्दा धेरै रकम लाग्ने भएकाले सवैसंग सहयोग माग्दै आउनुपरेको बताए । बिरामी सवितालाई सहयोग गर्न चाहनेले श्रीमान योगेस राईको नाममा एसविआई बैकमा रहेको खाता नम्बर २५०१५२४३४०००९१ मा रकम जम्मा गर्न सकिने जानकारी दिईयो । सहयोग गर्न सक्नेले सहयोग गरिदिनुहोला । नसक्ने वा प्राविधिक कारण नमिल्नेले सहयोगी मनसम्म पुर्याउन एक सेयर गरिदिनुहोला ।

सम्बन्धित समाचार

Advertisement