चुनाव हारेपछि नेविसंघकी नेतृले गरिन् आत्महत्या

अनलाइन दर्पण 2017-03-02
img

काठमाडौं,१९ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हारेपछि स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा अध्ययरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी छिन ।

बुधबार सम्पन्न भएको स्ववियु चुनावमा उनी नेपाल विद्यार्थी संघको तर्फबाट  अध्यक्षकी पदको उम्मेदवार थिइन् ।  

उनले फेदीखोला-९ डाँडागाउँस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । टिनले छाएको घरको माथिल्लो तलामा उनले सलले पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरी इन्स्पेक्टर सुनिल प्रधानका अनुसार उनको सुसाइड नोट पनि भेटिएको छ । र, त्यसमा आफ्नो मर्ने मन नभएपनि चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख गरेकी छन् ।

सम्बन्धित समाचार

Advertisement