भक्तपुर – प्रहरीको गालीबाट भक्तपुरमा दुई अपहरणकारीको मृत्यु भएको छ । काँडाघारीमा आइतबार अपरिहत बच्चाको हत्या गर्नेहरुसँग भक्तपरमा दोहोर भिडन्तमा अपहरणकारीको मृत्यु भएको हो ।
अपहरणकारीले फिरौतीको रकम नपाएपछि ११ वर्षिय निशान खड्काको शव ठिमीको नगदेशमा फेला परेको साँढे एक घण्टा पछि नै अपहरणकारीलाई इन्काउन्टरमा मारेको छ । निशानको शव नगदेशमा तीन फिट गहिरो खडलमा गाडेक अवस्थामा भेटिएको थियो।
अपहरणकारी अजय तामाङ र गोपाल तामाङ इन्काउन्टरमा मारिएका हुन्। दोहोरो फायरिङमा उनीहरुको मृत्यु भएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित पाइलट बाबा आश्रम जाने जंगलमा इन्काउन्टर भएको हो।
उनीहरुले आइतबार नै बालकको हत्या गरेर शव गाडेको प्रहरीले जनाएको छ।
फिरौतीमा कुरा नमिलेपछि उनीहरुले हत्या गरेका हुन्।
अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति हुन्। उनी आइतबार दिउँसोदेखि नै बालकको आमाले चलाउने पसलमा गएर निशानसँग खेलेर बसेका थिए। साँझ उनले नै अपहरण गरी लगेका हुन्।
अपहरणकारीले २ पटक फोन गरी फिरौती मागेका थिए।
घटनाको अनुसन्धानका लागि डेढ सय भन्दा धेरै प्रहरी आइतबार साँझदेखि नै खटिएका थिए। अपराध महाशाखा, काठमाडौं परिसर तथा भक्तपुरबाट समेत अनुसन्धानमा प्रहरी खटिएका थिए।-स्रोत सम्बाहक