गायक आनन्द कार्कीको श्रीमतीको यस्तो हालत, आँशु झार्दै रोए आनन्द कार्की

अनलाइन दर्पण 2018-08-07
img

आनन्द कार्की नेपालका चर्चित गायक हुन् उनि अहिले निकै पिडामा छन् । एउटा अनलाइनलाई अन्तर्वार्ता दिने कर्ममा आफ्नो श्रीमती किड्नी ड्यामेज भएर उपचार गरिरहेको कुरा खुलासा गरेका छन् ।

श्रीमतीको किड्नीमा समस्या भएपछि उपचार गरिरहेका कार्कीले सबैलाई सहयोग गरिदिन आग्रह पनि गरेका छन् । कार्की अन्तर्वार्ताकै क्रममा भक्कानो छोडेर रुन पुगेका छन् जुन दृश्यले जो कोहीलाई निकै भावुक बनाउने छ ।

कार्की सोलुखुम्बुको तिङ्लामा जन्मिएका गायक कार्की इण्डियन आर्मीमा जागिरे बुबासँग ६ वर्षको उमेरमा लखनउ पुगेका थिए । उनले त्यहीँ नै औपचारिक शिक्षा समेत लिएका थिए । लखनउमै संगीतको विषारदसम्मको शिक्षा लिएका कार्कीले इन्टरमिडियट सम्मको अध्ययन पनि लखनउमै गरेका हुन् । शास्त्रीय संगीतको शिक्षा लिएँसँगै उनले विभिन्न हिन्दी तथा नेपाली गीतमा स्वर दिएका थिए । लखनउको भारतखण्डे संगीत महाविद्यालयमा उनले संगीत शिक्षा लिएका हुन् ।

मुम्बईमा संगीतको शिक्षा हासिल गरेका उनले आफ्नो गायन कलालाई निखार्दै लगे । ०४२ सालमा नै उनले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका कार्कीले सोही समयमा नै शक्ति बल्लभको संगीतमा ‘जीवनमा धेरै खोला तर्नु छ’ बोलको गीत पहिलो पटक ल्याएका थिए ।

सन् १९९९ मा लन्डनमा भएको इन्टरनेशनल सारेगम अन्तरीक्षको उपाधिसमेत हात पारेका कार्कीले विभिन्न देशमा गएर आफ्नो प्रस्तुति समेत दिइसकेका छन् । त्यस्तै छिन्नलता पुरस्कार १९९७ र २००९, प्रबल गोर्खा दक्षिण बाहु जस्ता दर्जनौं पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । नेपाली सांगीतिक दुनियाँमा करिब तीन दशक विताएका कार्कीले करिब तीन हजारभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

यिनै गायक कार्कीसंग लिएको ताजा अन्तर्वार्ताको भिडियो तल हेर्नुहोस:

सम्बन्धित समाचार

Advertisement