कन्टेनर दुर्घटनामा तीनको मृत्यु

अनलाइन दर्पण 2018-07-31
img

रसुवा, १६ साउन । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा तीन जनाको भृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

स्याफ्रुस्थित तातोपानीमा नुहाउन जाने क्रममा ना६ख ४९२९ नम्बरको कन्टेनर मंगलबार दिउँसो १ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेका ३२ वर्षीय माइते तामाङ, ३५ वर्षीय सांगे लामा र रामे विक रहेका छन् ।

दुर्घटनामा घाइते भएका धुन्चेका २७ वर्षीय नरेश मल्ललाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

सम्बन्धित समाचार