काभ्रेमा यात्रुवाहक बस दुर्घटना, २८ जना घाइते

अनलाइन दर्पण 2018-07-25
img

काभ्रे, १० साउन। भकुन्डेबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बस बिहीबार बिहान धुलिखेल नगरपालिका ६ बेइजिङ प्लान्ट नजिकै दुर्घटना  हुँदा २८ जना घाइते भएका छन्।

घाइते मध्ये १ जनाको अवस्था  गम्भीर छ।

हिमाल–तराई यातायातको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भइ सडकबाट सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घाइते अधिकांश कलेज पढ्ने विद्यार्थी छन्। कलेज पढ्ने छात्रछात्रासहित ३३ जना यात्रु बसमा सवार थिए। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार