कानूनमन्त्री तामाङले दिए राजीनामा : अनि भने- सामान्य कमीकमजोरीलाई मूल विषय बनाएर  दुष्प्रचार गरियाे (राजीनामा पत्र सहित)

अनलाइन दर्पण 2018-07-24
img

काठमाडौं- बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने नेपाली छात्राहरुकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले बोलेका शब्दहरुप्रति क्षमा माग्दै पदबाट राजीनामा दिएका छन्। 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा घ्वाँक्कघ्वाँक्क रुँदै सामान्य कमीकमजोरीलाई मूल विषय बनाएर  दुष्प्रचार गरिएको उनले दुख प्रकट गरे। जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःख व्यक्त गरे ।

निरन्तर नेपाली नारीहरुको सम्मानमा अगाडि बढेकाले बिरोधीहरुले नारीकै विषयमा आफुलाई लखेटेको उनले बताए। उनले भने, ‘महिला मलाई जन्माउने आमा हो, मेरो जीवन साथी हो र हामीले जन्माएका छोरी पनि महिला हुन्। त्यसैले पनि मलाई महिला प्रति उच्च सम्मान छ।’

उनले पत्रकार सम्मेलनमा ४ महिनामा गरेका काम मौलिक हक कार्यान्वयन गर्ने सन्दर्भमा चाहिने सम्पुर्ण कानुनहरु निर्माण गरेको बताए। उनले सार्वजनिक पद धारण गर्नेले पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन बनाएकोसमेत पत्रकार सम्मेलनमा जानकारी दिए।

कानुनमन्त्रीले भनेका चाहिँ के थिए ?

शनिबार एक विद्यालयको एसईई उत्तीर्ण विद्यार्थीहरूलाई शुभकामना दिने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले नेपालमा पढ्न कोटा नहुँदा चेलीहरू बङ्गलादेशलगायतका देशमा जानुपरेको र त्यहाँ उनीहरूले सर्टिफिकेट पाउनका लागि शरीर सुम्पनु परेको अभिव्यक्ति दिएका थिए । 

उनको अभिव्यक्तिको केही अंश यस्तो छ ‘आज म कथा खोल्छु । बङ्गलादेशमा केही चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, कहीँ न कहीँ उनीहरूले आफूलाई बेच्नुपर्छ । मैले सुनेको छु यस्तो मार्मिक छ कथा ।’

उनले थप भनेका थिए,  ‘उनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू । हामी हाम्रा छोरी चेलीहरूलाई पढ्नका लागि विदेशमा पठाउँछौँ तर उसले आफूलाई त्यहाँ नसुम्पी सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन । त्यसैले ती सबैले यही मुलुकमा पढ्न पाउनुपर्छ भन्दा हामी प्लेटकार्ड बोकेर बाहिर निस्कन्छौँ, पाउँदैन । हामी नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौँ, हुँदैन ।’

उनको अरु भनेका थिए,  ‘के भन्या यो, के गर्न खोजेको यो मुलुकलाई रु त्यसैले मुलुकको समृद्धिका लागि अगाडि बढ्दाखेरि देशैभरी धेरै हाम्रा स्टुडेन्टहरू यही मुलुकमा मेडिकल शिक्षा पढेर डाक्टर बन्नुस् । हरियो पासपोर्ट बोकेर अरबमा काम गर्न जाने होइन । हामी रातो पासपोर्ट बोकेर डाक्टरहरू विश्वभरी काम गर्न जाने हुन सक्यौँ भने पैसाको कमी हुन्छ र यो मुलुकमा रु तर हामी मान्छेलाई पढाएका छैनौँँ । अनि हरियो पासपोर्ट जिम्मा लाउँदै अरबमा काम गर्न पठाएका छौँ ।’

कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति आउनु केही दिन अगाडि मात्रै बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंको यही प्रकृतिको अभिव्यक्ति पनि आएको थियो । 

प्रसाईंले पनि बङ्गलादेशका प्रोफेसरहरूले नेपाली चेलीहरूलाई करणी गरिरहेको अभिव्यक्ति दिएका थिए । 

यस्ताे थियाे  राजीनामा पत्र 

सम्बन्धित समाचार