यस्तो छ विश्वमा अनशनको इतिहास

अनलाइन दर्पण 2018-07-22
img

कुनै पनि विषयमा विरोध या फरक मत जनाउने अहिंसात्मक तरिका हो, अनशन । सरकारी निर्णय, नयाँ नीतिनियमको कार्यान्वयन वा पुरानाको संशोधनलगायतका विषय तथा त्यसमाथि पुनर्विचार वा परिवर्तन गराउन अनशनमार्फत दबाब दिने विश्वव्यापी चलन छ ।

अनशनको इतिहास पल्टाउँदा त्रेता युगसम्म पुगिन्छ । संसारको पहिलो अनशनबारे रामायणको अयोध्या काण्डमा उल्लेख गरिएको छ । वनवास गएका दाजु रामलाई फर्काउन हरप्रयास गर्दा पनि सम्भव नभएपछि दाजु अयोध्या नफर्किएसम्म केही नखाने, कहीँ नजाने र राजगद्दी पनि नसम्हाल्ने भन्दै भाइ भरत अनशनमा बसेका थिए । पछि, रामले सम्झाई–बुझाई गरेर भरतलाई आफ्नो खराउ दिएर मनाएको रामायणमा कहानी छ ।

अनशन बस्दा सुरुका तीन दिन शरीरले त्यहीँ भएको ग्लुकोजबाट ऊर्जा लिन्छ । तर, त्यसपछि कलेजोले ‘केटोसिस’ नामक प्रक्रियाबाट शरीरमा भएको बोसो प्रशोधन गर्न थाल्छ । तीन हप्तामा बोसोको मात्रा कम भएपछि शरीर भोकमरीको अवस्थामा पुग्छ र मांशपेसीसहित अन्य महत्वपूर्ण अंगलाई खानाको रूपमा प्रयोग गरेर शरीरमा ऊर्जा प्रसारण गर्न थाल्छ । ३०–४० दिनपछि शरीरको ‘बोन म्यारो’ पनि खिइन थाल्ने भएकाले अनशनकारीको ४५ देखि ७५ दिनभित्र मृत्यु भएका धेरै उदाहरण छन् ।

त्यसैले लामो समय अनशन बस्नेहरूले ठोस पदार्थ नखाए पनि तरल पदार्थ खाने गर्छन् । या त उनीहरूलाई अस्पतालमा राखेर नसाबाट तरल पदार्थ दिने गरिन्छ ।

नेपाल लगायत विश्वका विभिन्न व्यक्तीहरुले समय समयमा फरक-फरक किसिमका अनशन बसेका थिए ।  यहाँ केही विश्व चर्चित अनशनहरुका बारेमा चर्चा गरिएके छ ।

१ बिपीको राणाविरोधी अनशन- (२९ दिन)

बिपी कोइराला साइत हेराएरै बसेको आमरण अनशन नेपालको इतिहासमा चर्चित छ । २००५ सालमा जेल परेपछि उनले कृष्णप्रसाद भट्टराईका जेठा दाजु बटुकप्रसादले जुराइदिएको तिथिमा अनशन सुरु गरेका थिए । अक्षय तृतीयाको दिन सुरु गरेको कार्य शुभ हुने भनेपछि बिपी त्यही दिनबाट अनशन बसेका थिए । बिपीको २९ दिने त्यो राणाविरोधी अनशनपछि छोटा र साना अनशन देशमा धेरै भए ।

२ चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीको अनशन - (१६१ दिन) (१४औँ पटक सम्म)

बिगत केही वर्षयता त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनशन चर्चामा छ । उनी १४ पटक अनशन बसिसकेका छन् । चिकित्सा शिक्षा सुधारको माग राखेर हाल उनि पन्ध्रौं पटक आमरण अनसनरत छन् । डा. केसीका बारेमा विगत केही वर्षदेखि देशविदेशमा खुबै चर्चा हुने गरेको छ । अब कुनै पनि वहानामा चिकित्सा शिक्षा ऐन राक्न नहुने भन्दै जुम्ला सदरमुकामस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १६ गतेदेखि अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ । यसअघि सरकारसँग सहमति गरेर १४औँ अनशन तोडेका उनले माग पूरा नभए पुनः सुरु गर्ने घोषणा गरेका थिए ।

३ द्वन्द्वपीडित अधिकारी दम्पतीको अनशन

नेपालमा अर्को चर्चित अनशन हो, गोरखाका द्वन्द्वपीडित अधिकारी दम्पती नन्द्रप्रसाद र गंगामायाको । अनशन सुरु गरेको तीन सय २९ दिन (६ असोज ०७१) मा नन्द्रप्रसादको मृत्यु भइसकेको छ भने तत्पश्चात पनि गंगामायाले अनशन छाडिनन् ।

श्रीमान्को मृत्युपछि सरकार र मानावअधिकारवादीको आग्रहमा २०७१ कात्तिक २ गते तीन सय ५८ दिन लामो अनशन तोडेकी उनले आफ्ना माग पूरा नभएपछि पुनः सुरु गरिन् । गत जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीले कानुनमन्त्री शेरबहादुर तामाङको उपस्थितिमा आफ्नो छोराको हत्याराको कारबाही हुने सर्तमा गत असार २९ गते अनशन तोडेकी थिइन् ।

४ विश्वकै सबैभन्दा लामो अनशन- इरोम चाणु शर्मिला (१० बर्ष)

सन् २००० मा भारतको मनिपुरमा एक वर्षभन्दा लामो समय सरकारविरोधी आन्दोलन चल्यो । आन्दोलनमा सेनाको गोली लागेर १० जना सर्वसाधारणको प्राण गयो । यो नरसंहारबाट  विक्षिप्त बनि इरोम चाणु शर्मिला नामकी महिलाले नरसंहारको विरोध गर्दै सेनाविरुद्ध मुद्दा हाल्ने तयारी गरिन् । तर, सम्भव भएन । दंगाफसादका क्रममा निर्दोषकै हत्या भए पनि भारतमा सेनाविरुद्ध मुद्दा दायर गर्न मिल्दैन ।

त्यसपछि उनले आमरण अनशनको बाटो रोजिन् । निर्दोष सर्वसाधारणको हत्या गर्ने सैनिकविरुद्ध पनि मुद्दा हाल्न पाउनुपर्ने माग राख्दै ५ नोभेम्बर २००० मा शर्मिलाले अनशन सुरु गरिन् । २८ वर्षको छँदा अनशन सुरु गरेकी उनले सोचेकीसम्म थिइनन् होला कि आफ्नै अनशन संसारकै सबैभन्दा लामो हुनेछ भनेर ।

१६ वर्षसम्म अनशन बस्दा पनि माग पूरा नभएपछि उनले आन्दोलनको स्वरूप फेरिन् र राजनीतिमा होमिने निधो गर्दै २६ जुलाई २०१६ मा मह खाएर आफ्नो अनशन तोडिन्। त्यसपश्चात २०१७ मा मनिपुरको मुख्यमन्त्रीमा प्रतिस्पर्धा गरिन् । तर, ‘आइरन लेडी’का रूपमा अन्तर्राष्ट्रिय ख्याति पाएकी उनी केवल ९० भोट मात्रै ल्याएर हारिन् ।

५ भगवत सिंह - (११६ दिन)

ब्रिटिश औपनिवेशिक साम्राज्यको स्वामित्वमा रहेको भारतको एक जिल्लामा जुन १९९१ मा जन्मिएका भगत सिंह  भारतमा ब्रिटिश शासनको समाप्त गर्नका  लागि भारतीय स्वतंत्रता आंदोलनमा शामिल भए।

जब उनि  सउन्डर्स र चानान सिंहको कथित हत्याको आरोपमा कारागार पुगे उनले कारागार भित्रै  एक भोक हड्ताल शुरु गरे  र राम्रो कपडा र स्वच्छता स्तरको माग गर्न थाले, साथै  दैनिक श्रमिकको लागि  कैदीहरूमा संलग्न हुन थाले ।

हड्तालले सिंहको अपील र लोकप्रियता बढाउन थालेको थियो र ब्रिटिश सरकारले उनको  सेलमा कचौरामा  खाना राखेर छिटो उनको अनसन तोडाउन खोजिएको थियो, तर उनी दृढ बने र अनसन जारी राखे।

सिंहले  अन्ततः १९२९ अक्टोबर ५ मा आफ्नो हड्ताल तोडे, जसको कारण उनको शरीर ११९ पाउण्ड सम्म पुगेको थियो ।

६ प्यालेस्टाइनी पत्रकार मोहम्मद अल–किकको अनशन- (९६दिन)

२१ नोभेम्बर २०१५ मा प्यालेस्टाइनी पत्रकार मोहम्मद अल–किकलाई इस्लामी अतिवादी संगठन हमासमा संलग्न रहेको भन्दै कैद गरिएको थियो । साउदी अरेबियाको अल अल्मद टिभी नेटवर्कमा कार्यरत पत्रकार अल–किकले सो आरोपको खण्डन गर्दै २५ नोभेम्बरमा आमरण अनशन सुरु गरे । उनले कारागारमा सोधपुछका क्रममा धेरै यातना दिइएको भन्दै अनशन बसेका थिए । ९६ दिनसम्म चलेको उनको अनशन संसारका सबैभन्दा लामो अनशनमध्येको एक हो । २१ जुनमा रिहा गर्ने भनिए पनि एक महिनाअगावै २ मेमा रिहा हुने भएपछि उनले अनशन तोडेका थिए । अनशन अवधिभर उनले पानीबाहेक केही पनि खाएनन् । सुरुमा डाक्टरबाट उपचार नगराउने भने पनि पछि आकस्मिक निधन हुन सक्ने सुझाब डाक्टरले दिएपछि डाक्टरकै रोहबरमा पानी दिने र उपचार गर्ने काम भएको थियो ।

७ बबी स्यान्ड्स सहितको आइरिस सामुहिक अनशन -(६६ दिन)

 सन् १९८१ मा आयरल्यान्ड रिपब्लिकको एक टापुमा रहेको कारागारका कैदीहरूले पाँच वर्ष लामो विरोध र संघर्षपछि अमरण अनशन सुरु गरेका थिए । उनीहरूको अनशनले विश्वमै तरंग ल्याएको थियो । युद्धबन्दीलाई विशेष तहबाट हटाएर साधारण कैदीको दर्जा दिइएपछि १९७६ मा विरोधका कार्यक्रम सुरु गरेका थिए । १९८० मा भएको पहिलो आमरण अनशन ५३ दिनसम्म चलेको थियो, सात कैदी सहभागी भएका थिए । संघर्षको ५ वर्षपछि १९८१ मा दोस्रो अनशन सुरु गरे । यो अनशन कैदी र तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरबीचको टक्करका रूपमा विश्वभर चर्चित भयो । अनशन बसेका एक कैदी बबी स्यान्ड्लाई संसद् सदस्य बनाएपछि चर्चा बढेको थियो । यद्यपि, उनले अनशन त्यागेनन् ।

अनशनकै क्रममा १० जना कैदीको मृत्यु भएपछि उक्त अनशन फिर्ता लिइएको थियो । मृत्यु हुनेमा स्यान्ड्स पनि थिए । उनको अन्तिम संस्कारमा एक लाखभन्दा बढी मानिस उपस्थित थिए । सो आमरण अनशनले आयरल्यान्डको राष्ट्रिय राजनीतिमा उथलपुथल मच्चायो भने ‘सिन फेन’लाई त्यहाँको मुख्य पार्टी बनाउन पनि मद्दत पुर्‍यायो ।

८ क्यालिफोर्नियाका कैदीहरुको सामूहिक अनशन-(५९ दिन)

क्यालिफोर्नियाको पेलिकन बे स्टेट प्रिजनका २९ हजार कैदीले ८ जुलाई २०१३ मा सामूहिक आमरण अनशन सुरु गरे । उनीहरूले एकान्त कारावासको विरोध गर्दै अनशन सुरु गरेका थिए । उनीहरूको समर्थनमा क्यालिफोर्नियाकै अर्को जेल हाई डेजर्ट स्टेट प्रिजनका कैदीले पनि अनशन सुरु गरे । उनीहरूले सफा कारागार, राम्रो खाना र पुस्तकालयको राम्रो व्यवस्था गरिनुपर्ने थप माग राखेका थिए । यो सबैभन्दा लामो समय र सबैभन्दा धेरैजना सहभागी भएको सामूहिक अनशन थियो ।

सहभागीहरू अन्न–पानी केही नखाई कठोर अनशन बसेका थिए । उनीहरू कारगारले आयोजना गरेका व्यायामलगायतका कुनै पनि कार्यक्रम र क्रियाकलापमा सहभागी भएनन् । उनीहरूको मागमा अदालती प्रक्रियाबाट सुनुवाइ हुने भनिएपछि धेरैले अनशन त्यागे । तर, एक सयजना कैदीले अनशनलाई निरन्तरता दिए । संसद्का विधायकहरूले उनीहरूको माग सम्बोधन गर्ने वाचा गरेपछि ५ सेप्टेम्बर २०१३ मा मात्रै अनशन तोडे ।

९ सोलाङ  फर्नेक्स – (४०  दिन)

सन् १९३४ अप्रिल ५ मा फ्रान्साको स्ट्रासबर्गमा जन्मेका सोलाङ फर्नेक्स फ्रान्सका  प्रभावकारी राजनीतिज्ञहरूमध्येका  एक हुन् ।

उनले १९७१ मा युरोपेली निर्वाचनमा भाग लिइन् तर उनीले कुल मतदानको ४.३९ % मात्र मत ल्यार्इ पराजित भइन ।

उनले महिलाहरूलाई समान अधिकार  प्राप्त गर्न  आवाज उठार्इन । यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण कुरा,उनीले परमाणु शक्तिको कारणले वातावरणमा ठूलो मात्रामा विनाशकारी असर पुर्याएको  विरुद्ध र वातावरणको संरक्षण गर्न चाहन्थिन । उनको मुख्य नीति नै परमाणु शक्तिले  वातावरणमा पारेको  प्रभावको बारेमा जनतालाई जागरूकता बढाउनुका साथै सम्भावित विनाशलाई न्यूनीकरण गर्नु रहेको थियो।

आफनो अभियानको बारेमा जनतालाई  जागरूक बनाई  परमाणु विफलताको पक्षमा ल्याउन सोलांगले ४०  दिनसम्म भोक हड्ताल गरे ।

यो परमाणु रोकथामको लागि एक गैर हिंसक आन्दोलन थियो।  उनले पृथ्वी जेगाउल र हरियालीलाई बढावा दिन ग्रीन पार्टीको गठनमा भाग लिइन । को लागि अझ बढी सम्भावनाको साथ  । फर्नेक्समा दृढतापूर्वक विश्वास थिये की  उनको ये कदमले पारिस्थितिक प्रणालीके रक्षा गर्न मद्दत पुग्नेछ। पछि उनले उनको प्रयासको लागि परमाणु मुक्त भविष्य पुरस्कार प्राप्त गरिन्।

१० चाभेजको ‘फास्ट फर लाइफ’-(३६ दिन)

सिजर चाभेज सन् १९२७ मा अमेरिकाको किसान परिवारमा जन्मिएका थिए । ठगीमा परेर घरखेत सबै गुमाएका चाभेजको परिवार विस्थापित नै भयो । उनले पढाइ छाडेर क्यालिफोर्नियामा एउटा कृषि फारममा मजदुरी गरे । त्यसवेला मजदुरलाई दासजस्तै व्यवहार गरिन्थ्यो । चाभेजले त्यसको विरुद्धमा आवाज उठाए । मजदुर एकता बढाउन अघि बढे । उनले सन् १९६२ मा नेसनल फार्म वर्कर्स एसोसिएसन नामको संगठन बनाएर कृषि मजदुरको हकमा संघर्ष सुरु गरेका थिए ।

अहिंसामा विश्वास गर्ने चाभेजले क्यालिफोर्नियाभर धर्ना, र्‍याली, मार्चपासलगायत विरोधका कार्यक्रम गरिरहे । यही क्रममा उनले ‘फास्ट फर लाइफ’ अर्थात् ‘जीवनका लागि भोक हडताल’ नामको आमरण अनशन सुरु गरे । चाभेजका मुख्य माग मजदुरको स्वास्थ्यमा परेका नकारात्मक असर र विषादीको प्रयोगका कारण मजदुरका बालबच्चाको स्वास्थ्यमा परेको असरबारे सम्बोधन हुनुपर्ने थियो । अनशन बसेको ३६ दिनपछि उनका माग पूरा गरिए ।

मजदुर हकका लागि निःस्वार्थ लडेका कारण उनी विश्वभर चर्चामा आइसकेका थिए । उनी यही योगदानका लागि तीनपटकसम्म नोबेल शान्ति पुरस्कारका लागि छनोट पनि भए । जीवनमा मजदुर हकका लागि १४ पटकसम्म अनशन बसेका उनको १९९३ मा मृत्यु भएको थियो । उनी अन्तिमपटक अनशन बसेको घर क्यालिफोर्निया सरकारले सम्पदा सूचीमा राखेको छ ।

११ प्यालेस्टाइनी कैदीको अनशन-(१ महिना)

 सन २०१२ मा दुई हजार प्यालेस्टाइनी कैदीले इजरायली जनताको तानाशाही प्रवृत्ति र राष्ट्र प्रमुखको विरुद्धमा सामूहिक भोक हडताल सुरु गरे । उनीहरूको मुख्य माग शिक्षाको अवसर दिइनुपर्ने र एकान्त कारावास गर्न नपाउने थिए । एक महिनासम्म अनवरत अनशन बसेपछि उनीहरूको संघर्ष केही हदसम्म सफल भयो ।

इजरायलले लचकता अपनाउने निर्णय गर्दै चर सय प्यालेस्टाइनी कैदीलाई परिवारसँग भेट्न पाउने अनुमति दियो । त्यस्तै, इजरायलका कारागारमा पहिलोपल्ट कैदीहरूका लागि टेलिफोन र टेलिभिजनको व्यवस्था पनि गरियो । आमरण अनशनको इतिहासमा यो दोस्रो ठूलो सामूहिक अनशन थियो ।

१२ गान्धीको अनशन

अहिंसावादी आन्दोलन गरेर बेलायती साम्राज्यवादलाई भारतबाट भगाउन सफल भएका अहिंसाका पुजारी महात्मा गान्धी आफ्नो जीवनमा धेरैपटक अनशन बसे । उनी जेल परेपछि भारतमा बढेको हिन्दू र मुस्लिमबीचको दूरीले गृहयुद्ध निम्तिने डर भएपछि गान्धी सन् १९२४मा तीन हप्ता लामो अनशन बसे । उनको उद्देश्य हिन्दू र मुस्लिमको दूरी न्यूनीकरण गर्नु थियो ।

यस्तै, सन् १९३२ मा दलितका लागि छुट्टै मतदान केन्द्र बनाइएपछि उनी फेरि पाँच दिन अनशन बसेका थिए । उक्त आन्दोलनपछि भारतमा दलितका लागि सहज वातावरण निर्माण भएको थियो भने, अधिकार थप भएको थियो ।

सन् १९४३ मा उनले ‘भारत छोडो’ आन्दोलनकै क्रममा ब्रिटिस सरकारलाई थप दबाब दिन जेलभित्रै अनशन सुरु गरेका थिए । गान्धीको अनशन र थप अहिंसात्मक आन्दोलनकै कारण भारत स्वतन्त्र भएको थियो । भारतले स्वतन्त्रता पाएपछि सन् १९४८ मा उनी फेरि अनशन बसेका थिए ।

सम्बन्धित समाचार