‘डा. केसीको माग जायज : प्रचण्ड’ भन्ने समाचारमा सत्यता छैन’

अनलाइन दर्पण 2018-07-20
img

काठमाडौं – २१ दिनदेखि  डाक्टर गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उहाँका निजी सचिवालयले जनाएको छ । 

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले आज प्रेस विज्ञप्ति जारी गर्दै ‘डा. केसीको माग जायज : प्रचण्ड’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘डा केसीका विषयमा अध्यक्ष दाहालसँग कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीसँग कुरा भएको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीका मागप्रति प्रधानमन्त्री र अध्यक्ष दाहालबीच समान धारणा रहेको छ ।’

अध्यक्ष दाहाल संलग्न नभएको विषयमा नाम जोडेर समाचार प्रकाशित गरिएकामा विज्ञप्तिमा खेद व्यक्त गरिएको छ ।

सम्बन्धित समाचार