वैशाख ३१ मा स्थानीय चुनावको घोषणा ,एमालेद्वारा चुनाव घोषणाको स्वागत

अनलाइन दर्पण 2017-02-20
img


काठमाडौं , ९ फागुन । सरकारले  स्थानीय तहको निर्वाचन आगामी बैशाख ३१ गते गर्ने घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को   तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा बैशाख ३१ गते आइतबार एकै चरणमा  स्थानीय तहको  चुनाव गर्ने निर्णय गरेको हो ।

सुरुमा स्थानीय निर्वाचन  दुई चरणमा गर्ने तयारी भएपनी  सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार  वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने सहमती भएको थियो ।

एमालेद्वारा चुनाव घोषणाको स्वागत 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव घोषणाको स्वागत गरेको छ । 
एमाले सचिव एबम प्रचार बिभाग प्रमुख  योगेश भट्टराईले चुनावको मिति घोषणा स्वागतयोग्य भएको बताएका छन् । उनले भने, चुनाव घोषणा ठीक छ । एमालेले पहिलेदेखि नै चुनावको  माग गर्दै आएको हो । तर, यो गर्नका लागि हो कि देखाउनका लागि हो, हेर्नुपर्छ ।’ 

मधेसी मोर्चाद्वारा दबावमुलक आन्दोलनको घोषणा

 सरकारले स्थानीय चुनावको मिति घोषणा गरेलगतै मधेसी मोर्चाले दबावमुलक आन्दोलनको घोषणा गरेको छ ।
मोर्चाले भोलि १० गते मसाल जुलस निकाल्ने र पर्सि ११ गते मधेस बन्द गर्ने घोषणा गरेको छ ।

सम्बन्धित समाचार