जनप्रतिनिधि सहित ७ जना जुवाडे प्रहरी नियन्त्रणमा (नामसहित)

अनलाइन दर्पण 2018-07-19
img

जुवा खेलिरहेको विशेष सुराकीको आधारमा प्रहरी अधिकृतसहित खटिएको प्रहरी टोलीले छापा मार्दा पाल्पाकाे तानसेन ४ खिल्खानटोलबाट वडा सदस्य सहित ७ जना जुवाडेलाई सेन्चुरी हट रेष्टुरेन्टबाट नियन्त्रणमा लिएकोछ । 

जुवाको खालबाट एक लाख १५ हजार ६ सय ९५ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ।

विशेष सुराकीमा जुवाको खालबाट तानसेन नगरपालिका ११ का वडा सदस्य चुरा बहादुर गोदार,  तानसेन ४ का कृष्ण थापा, सोही स्थानका गणेश कुवाँर, तानसेन ३ का सुशील कुवँर, तानसेन २ का टेकनाथ न्यौपाने, तानसेन ४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका ६ का शिव जिसी रहेका छन् ।

जुवाडेहरुलाई अहिले प्रहरी नियन्त्रणमा लिएर अनुशनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनएकाे छ ।

हाल जुवाडेलाई नियन्त्रणमा लिएको स्थान जिल्ला प्रहरी कार्यालय पाल्पाको १०० मिटरको दुरी रहेको  छ ।

सम्बन्धित समाचार

Advertisement