जुम्लामा अराजक काम गर्नेलाई कारबाही गर्छौं: मुख्यमन्त्री शाही

अनलाइन दर्पण 2018-07-19
img

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जुम्लामा अनसन बसेका डाक्टर गोविन्द केसीलाई काठमाडौं लैजाने क्रममा अराजक कार्य गर्नेलाई कारबाही गरिने बताएका छन्।

डाक्टर केसीसँगै हेलिकप्टरमा सुर्खेत आएका मुख्यमन्त्री शाहीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सिसिटिभी फुटेज हेरेर अराजक कार्य गर्नेलाई कारबाही गरिने बताए।

यसअघि बिहीबार बिहान डाक्टर केसीलाई काठमाडौं ल्याउन प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बल प्रयोग गरेको थियो।

अस्पताल हाताभित्र अन्धाधुन्ध लाठीचार्ज गर्दा डाक्टर, नर्स, बिरामीका कुरूवासहित २ दर्जन बढी घाइते भएका थिए।

घटनामा एक जना प्रहरी जवान पनि घाइते भएका छन्।

यसअघि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका केसीलाई काठमाडौं ल्याउन प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री शाही र आन्तरिक मामिला मन्त्री नरेश भण्डारी जुम्ला पुगेका थिए।

सम्बन्धित समाचार