गायिका आनीद्वारा तुइन विस्थापनका लागि एक करोड सहयोग

अनलाइन दर्पण 2018-07-18
img

काठमाडौं । गायिका आनी छोइङ डोल्माले तुइन विस्थापन कार्यक्रमका लागि एक करोड रुपैयाँ सहयोग  गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा सहयोगस्वरुप आफूले रकम संकलन गरेर हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

नेपाल टेलिभिजनबाट प्रसारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रमको बुधबार प्रसारित पहिलो श्रृँखलामा गायिका आनीले प्रधानमन्त्री ओलीलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

एउटा मात्र भए पनि झोलुङ्गे पुल बन्न सकोस् भनेर आफूले रकम संकलन गरेको उहाँले बताउनुभयो ।

सहयोग रकम बुझ्दै प्रधानमन्त्री ओलीले आफूले एक महिनाको तलव थपेर तुइन विस्थापन कोष स्थापना गर्ने र अबको एक वर्षमा सबै तुइन विस्थापित भैसक्ने बताउनुभयो । कार्यक्रम प्रस्तोता मनोज पाण्डेले पनि कोषमा पचास हजार रुपैयाँ सहयोग दिने घोषणा गर्नुभयो ।

यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले देशभरका तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनाउने घोषणा गर्नुभएको थियो ।

सम्बन्धित समाचार