१४ देशका लागि राजदूत सिफारिस

अनलाइन दर्पण 2017-02-20
img

 काठमाडौं,९ फागुन । सरकारले विभिन्न १४ देशका लागि  राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो ।

सरकारले   माओवादीबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास लाई   बहराइनका लागि राजदूत सिफारिस गरेको छ ।

त्यस्तै कांग्रेस कोटाबाट  अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।

राप्रपाका तर्फबाट प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् । फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । 
 

सम्बन्धित समाचार