गर्भवती महिलालाई बोको वितरण

अनलाइन दर्पण 2018-07-11
img

लहान, २७ असार । सप्तरीको सुरुङ्गा नगरपालिकाले  नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई बोको- बाख्रा वितरण गरेको छ ।

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुरुङ्गाका नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १, २, ३, ४ र ५ का १०/१० दलित विपन्न परिवारका गर्भवती महिलालाई बाख्रा वितरण गर्नुभएको हो ।

दलित, विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले बाख्रा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Advertisement