स्थानीय तहको विकास निर्माणमा महिलाको सक्रियता बढ्दै

अनलाइन दर्पण 2018-07-11

बझाङ, असार २७ । घरायसी काममा मात्र सिमित रहेका बझाङका महिलाहरु स्थानीय तहको विकास निर्माणमा समेत सक्रियता बढाउन थालेका छन् ।

युवाहरु विदेशिँदै गएपछि स्थानीय तहमा हुने विकास निर्माणको काममा महिलाको सक्रियता बढेको हो । महिलाले घर बाहिरको काम गर्न सक्दैनन् भन्ने मान्यताको समेत अन्त्य हुँदै गएको छ ।

गाउँमा बाटोघाटो निर्माण, खानेपानी आयोजना मर्मत, भवन निर्माणलगायतका काममा पुरुषको भन्दा बढी महिलाको सहभागिता बढेको छ ।

२ नगरपालिका र १० गाउँपालिका रहेको बझाङमा विकास निर्माणका काममा महिलाको सक्रियता बढ्दै गएको छ ।

सम्बन्धित समाचार