युएई । आइतबार युएईमा काभ्रेको बनेपाकी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । रोजगारीका लागि संयुक्त अरव ईमिरेट्स (युएई) आएकी कृष्णा परियारले युएईको रसअल खैमाह स्थित क्लिनिङ कम्पनीमा आत्महत्या गरेको उनका सहकर्मी साथीले जानकारी दिएका छन्।
मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईदको छुट्टी मनाएर कम्पनीको कोठामा फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । उनी आइतवार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसगै कम्पनीमा कार्यरत निर्मलाले बताइन् ।
उनका सहकर्मीका अनुसार १७ तारिख बिहान ४ बजे साथीहरूले आत्महत्या गरेको अवस्थामा कृष्णाको शव फेला पारेको थियो ।उनले के कति कारणले आत्महत्या गरेकी हुन भन्ने कारण भने खुलेको छैन।
घटनापछि कम्पनीले प्रहरीलाई खबर गरेको र यसवारे प्रहरीले अनुसन्धान गरिरहेको छ। परियारको ७ बर्षिया एक छोरी छिन् । मृतक उनको शव अहिले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ।
प्रम अाेली र उत्तर कोरियाली किमजाेङ उन एकै दिन बेइजिङतिर, यस्तो हुदै छ सम्झौता
काठमाडाैं । उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेकाे अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । किमकाे याे यस वर्षकाे तेस्राे चीन भ्रमण हाे ।
मंगलबार नै प्रधानमन्त्री केपी शर्मा अाेली पनि साताव्यापी चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । तर प्रम अाेलीभन्दा अघि नै उ. काेरियाली नेता किमलार्इ चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा स्वागत गरेका छन् ।
यही जून १२ सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताको विषयमा कुराकानी गर्न किम चीन पुगेकाे बताइएकाे छ । किमले चिनियाँ राष्ट्रपति जिनपिङसँग साे वार्ताबारे र अागामी रणनीतिबारे सल्लाह एवं छलफल गर्ने बताइएकाे छ। उनी दुई दिनसम्म बेइजिङमा बस्नेछन् ।
आजै प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ प्रस्थान गर्नु र किम पनि बेइजिङ अाेर्लनु के संयाेग मात्र हाे त ? एकैपटक उत्तर काेरियाली नेता र नेपालका प्रधानमन्त्री बेइजिङमा हुँदा धेरैकाे चासाे बढ्न सक्छ कि- के प्रम अाेलीले उ. काेरियाली नेता किमलार्इ भेट्ने अवसर जुर्ला ? यसबारे समाचारमा केही खुल्न सकेकाे छैन, न त प्रम अाेलीकाे चीन भ्रमणकाे कार्यतालिकामा नै उनले किमलार्इ भेट्नेबारे कुनै कुरा उल्लेख छ ।
किमको पछिल्लो चीन भ्रमणलाई अन्तर्राष्ट्रिय कुटनीतिक वृत्तमा भने निकै चासोका साथ हेरिएको छ । पछिल्लाे समय उत्तर काेरिया र दक्षिण काेरियाबीच मात्र हाेइन, अमेरिकासँग समेत वार्ता भर्इ सम्बन्धले नयाँ दिशा लिएकाे छ । चीनले यसअघि नै वासिङटन र प्योङयाङबीच भएको सम्बन्ध सुधारकाे स्वागत गरिसकेकाे छ भने जापानले यी घटनाक्रमलार्इ निकै चासाेसाथ नियालिरहकाे बताइन्छ । (एजेन्सीकाे सहयाेगमा)