चीनमा एकजना पुरुष आफ्नी २ वर्षकी छोरीलाई लिएर सधैजसो चिहानमा चान्छन् अनि चिहानको खाल्डोभित्र गएर सुत्छन्, खेल्छन् । यसरी छोरीसँग चिहानमा सुत्ने ती बाबुको त्यो दैनिकीको अन्तर्य भने निकै दर्दनाक छ । आखिर किन त्यसो गरिरहेका छन् ती पुरुष ? ती पुरुष झांग लियोंग र उनकी पत्नी डेंगकी एक २ वर्षकी छोरी छिन् । ती बालिकाको नाम झांग जिनली हो । जिनली एक गम्भीर रोगबाट पीडित छिन् ।
जसका कारण बुआआमा निकै दुखी छन् । डिंग तथा झांगले आफ्नी छोरीको मनबाट मृत्युको डर निकाल्का लागि त्यो अनौठो उपाय अपनाएका हुन् । झांगले निकट भविष्यमै मर्ने भनिएकी आफ्नी छोरीका लागि घरकै आँगनमा एउटा चिहान खनेका छन् । उनी आफ्नी ती बिरामी छोरीसँगै उक्त चिहानभित्र छिरेर सुत्छन् र खेल्छन् । उनले आफ्नी छोरीलाई भनिसकेका छन् की यदि उनी बाँचिनन् भने बस्ने ठाउँ त्यहीँ चिहान हो ।
आमा डिंगले पनि छोरीको ज्यान जोगाउनका लागि पूरा प्रयास गरिरहेकी छिन् । जिनलीलाई बचाउन डिंग पुनः गर्भवती भएकी छिन् । गर्भमा रहेको बच्चा जन्मिँदा सालनालमा हुने रगतबाट आफ्नी विरामी छोरीको उपचार हुने भनिएकाले डिंग गर्भवती भएकी हुन् । बच्चा जन्मिसकेपछि सालनाल सँगै आउने रगतलाई फोहोर मानेर फ्याँक्ने गरिन्छ । तर अनुसन्धानकर्ताहरुका अनुसार यो रगतले केही गम्भीर रोगको उपचार गर्न सकिन्छ । यस्तो रगत तथा यसमा हुने स्टेम कोषिकाहरुलाई गम्भीर रोगहरुकेा उपचारमा प्रयोग गर्न सकिन्छ । त्यसैले आफ्नो हुनेवाला बच्चाको त्यो रगतबाट आफ्नी विरामी छोरीको उपचार गर्न सकिने आशा उनमा छ ।
बुवा झांगका अनुसार उनीहरुले छोरीको उपचारका लागि दुई लाख युआन जम्मा गरिसकेका छन् । जब उनीहरुको दोश्रो बच्चा जन्मिनेछ तब उनी सालनालसँगै आउने रगत अर्थात् कर्ड ब्लडलाई जिनलीमा प्रत्यारोपण गरिनेछ । डाक्टरहरुका अनुसार कर्ड ब्लडमा स्टेम कोषिकाहरुको भण्डार हुन्छ । जिनली अहिले सानै उमेरमा रहेको हुँदा कर्ड ब्लड प्रत्यारोपणबाट उनी निको हुने सम्भावना उच्च रहेको बताइएको छ । एजेन्सी