इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिवन्ध । अाखिर किन र?

अनलाइन दर्पण 2018-06-16
img

तेहरान :इरानले मोरोक्कोमाथि अप्रत्याशित रुपमा विजय हासिल गर्दा इरानी जनताले  सार्वजनिक रुपमा त्यो खेल हेरेर खुसी मनाउन पाएनन्। इरानका अधिकारीहरूले विश्वकप फुटबल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाएकाले इरानीहरुले परिवारका साथ खुला रुपमा इरान र मोरोक्कोबिचको खेल हेर्न नपाएका हुन्।

इरानको राजधानी तेहरान लगायत अरु शहरका विभन्न पार्क र स्टेडियममा सार्वजनिक रूपमा विश्वकप हेर्ने कार्यक्रमको आयोजना गरिएको थियो। तर खुल्ला र सार्वजनिक ठाँउहरूमा पुरुष र महिलासँगै बसेर खेल हेर्ने तयारी भएको कारण उक्त आयोजनामाथि प्रतिबन्ध लगाएको हुनसक्ने अनुमान गरिएको छ। विश्वमा इरान मात्र एक यस्तो राष्ट्र हो जसले खुला र सार्वजनिकरुपमा विश्वकप हेर्न प्रतिबन्ध लगाएको छ।

स्थानीय पत्रकारहरुले पनि खेलकुद मन्त्रालयबाट सार्वजनिक ठाँउहरुमा खेलहरू हेर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको सूचना मोबाइलमा आएको बताएका छन्।

तेहरानको अजादी स्टेडियमका अधिकारीहरुले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको जनाएका थिए। तर त्यो योजना अन्तिम समयमा आएर स्थगित भएको छ। कार्यक्रम स्थगित हुँदा कुनै कारण उल्लेख गरिएको छैन। यद्यपी पोर्चुगल र स्पेनसँगहुने खेल प्रदर्शनको अनुमतिका लागी भने अधिकारीहरसँग कुरा भइरहेको स्टेडियमका प्रतिनिधिहरुले बताएका छन्। 

सम्बन्धित समाचार