अक्टोपस र सुँगा पछि विश्वकप फुटबलको भविष्यवाणी गर्ने अन्धो बिरोलो

अनलाइन दर्पण 2018-06-10
img

फिफा विश्वपक सुरु हुँदैछ। एक महिनासम्म चल्ने यो खेल विश्वको सबैभन्दा ठूलो खेल मेला हो। अबको एक महिना विश्वको आँखा विश्वकप खेल्दै गरेका टीममाथि हुनेछन्। विश्वको ठूलो जनसंख्या अब टिभी अगाडि हुनेछ। धेरै मानिसहरु रातमा जागै बसेर विश्वकपका खेल हेर्नेछन्।

प्रत्येक पटक विश्वकपको नतिजाकालागि खास एक जनवर भविष्यवक्ताका रुपमा चर्चामा आउँछ। जुक कहिले अक्टोपस हुन्छ भने कहिले सुँगा। तर यो पटक भने विश्वकपको भविष्यवाणी विरालोले गर्ने भएको छ।

सेन्ट पिटर्सबर्ग म्युजियमको एउटा अन्धो बिरालोले यो पटकको विश्वका खेलको भविष्यवाणी गर्ने भएको छ। यो बिरालोले गत वर्ष कंफेडेरेशन कपमा पनि भविष्यवाणी गरेको थियो। जसमा एकटा बाहेक सबै भविष्यवाणी सत्य सावित भएका थिए। म्युजिमका कर्मचारीका अनुसार गत वर्ष कंफेडेरेशन कपको भविष्यवाणी गर्दा निकै आनन्द लिएको थियो। यो बिरालाको वजन ४.७ किला छ।

खेलका क्रममा बिरोलोलाई सबैका अगाडि राखेर बिरालोका अगाडि ती दुई देशको झण्डा दिइन्छ जुन देशका बीचमा खेल हुन्छ। अनि बिरालोले आफैंले एउटा झण्डामा आफ्नो पंजा राख्छ।

यो २१ औं विश्वकप हो। पहिलो विश्वकप ८८ वर्ष पहिला १९३० मा उरुग्वेमा भएको थियो। विश्वकपमा ३२ टीम खेलिरहेका छन्, तर २०२६ देखि जुन विश्वकप हुन्छ त्यसमा ४८ टीमले खेल्ने छन्। एक दशक पहिलेसम्म विश्वकपमा मात्र २४ टीमले खेल्थे।

आइल्याण्ड र पनामाको टीमले पहिलो पटक विश्वकपमा खेल्ने मौका पाएका छन्। पनामाको जनसंख्या ४० लाखको आसपास छ भने आइल्याण्डमा ३५ लाख मानिस बसोबास गर्छन्।

यो विश्वकपमा जमैका, क्यूबा, कुवेत, इण्डोनेशिया ह्याती र क्यानाडा पहिलोपटक खेल्दैछन्। रुसमा खेलाडीले एउटा शहरबाट अर्को शहरको यात्रा गर्दा उनहरुलाई एक देशबाट टाढाको अर्को देशमा यात्रा गरेजस्तो अनुभूति हुनेछ। रुसको सुदूर पूर्वी आयोजक शहर केलेनिनगार्द र सुदूर पश्चिीमी आयोजक शहर एकतेरिनबर्ग बीचको दूरी दुई हजार किलोमिटरभन्दा पनि टाढा छ। यो मस्कोबाट लंडनको (२४२४ किलोमिटर) यात्रा गरेजस्तै हो।

विश्वकप टेलिभिजनमा विश्वभरमा ३२० करोड मानिसले हेर्ने अनुमान गरिएको छ। यो संख्या आधा विश्वको जनसंख्या बराबर हो।
विश्वकपमा क्वालिफाई हुने सबैभन्दा सानो देश आइल्याण्ड हो। जहाँ मात्र ३३ लाख मानिस बसोबास गर्छन्। पनामा राष्ट्रपतिले गत वर्ष ११ अक्टुबरलाई राष्ट्रिय अवकाश घोषित गरेका थिए। जबकि उनको टीम विश्वकपकालागि क्वालिफाई भयो। यदि उसको टीमले विश्वकपमा राम्रो प्रदर्शन गर्यो भने के हुन्छ?

विश्वकपमा कुल १७ हजार स्वयंसेवक हुनेछन्। जो रुसका सबै आयोजना केन्द्रमा सहयोगकालागि तयारी अवस्थामा बस्नेछन्। करिव दुई लाखले स्वयंसेवककालागि निवेदन दिएका थिए। ६४ प्रतिशत महिला स्वयंसेविका हुनेछन्। यसमा तेलको ट्यांकर चलाउने महिलादेखि लिएर ड्रेगन बोट रेसिंगको विश्व च्याम्पियन पनि शामेल छन्। एज जना न्युजल्याण्डका यस्ता स्वयंसेवक पनि छन् जसले १६ हजार किलोमिटरको पदयात्रा पनि गरेका छन्।

यो विश्वकपमा यदि ब्राजीलले जित्यो भने नेमारलाई नाइकीले ५० हजार डलर दिनेछ। यदि नेमा प्लेयर अफ टुर्नामेन्ट घोषित भएपनि नाइकी उनलाई दुई लाख दिने भएको छ।

आइल्याण्डका टीमका गोलकिपर थोर हालडोर्सन देशका सबैभन्दा चर्चित फिल्म निर्माता पनि हुन्। उनले आइल्याण्डकालागि म्युजिक भिडियो पनि बनाइसकेका छन्।-एजेन्सी।

सम्बन्धित समाचार

Advertisement