दाङमा बस दुर्घटना, एकको मृत्यु, ११ गम्भीर घाइते

अनलाइन दर्पण 2018-06-08
img

दाङ, २५ जेठ । दाङको भालुबाङ-लमही सडकखण्डमा बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान ६ बजेतिर  दुर्घटनामा परि ११ जना गम्भीर घाइते छन् ।

दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु भएको हो । चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । 

बसमा ३३ जना सवार थिए । घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको कोहलपुर पठाइएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।

पाँच महिला, तीन पुरुष, दुई बालिका र एक बालक गरी जम्मा ११ जनाको अवस्था गम्भीर रहेको लमही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार