बिचौलियाले नै खान्छन् तीन सय प्रतिशत नाफा

अनलाइन दर्पण 2018-05-10
img

काठमाडौं, २७ वैशाख । सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ । 

किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ ।  

किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ । 

काभ्रेको किसानले २० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरेको काँक्रो काठमाडौंका उपभोक्ताले ६० रुपैयाँ प्रतिकेजीका दरले खरिद गर्ने गरेका छन् । 

किसानदेखि उपभोक्ताबीचको यो मूल्यान्तर २०० प्रतिशत हो । त्यस्तै, १० रुपैयाँ प्रतिकेजी बिक्री गरेको मुला ६० रुपैयाँका दरले खरिद गर्ने गरिरहेका छन् । 

किसानदेखि उपभोक्तासम्म पुग्दा मुलको मूल्यमा पाँच सय प्रतिशत अन्तर देखिन्छ। आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार