सरकारी उद्योगलाई कुनै पनि हालतमा अब नीजिकरण गर्न दिन्न: मन्त्री यादव

अनलाइन दर्पण 2018-05-08
img

काठमाडाैं , २५ वैशाख। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारी उद्योगलाई कुनै पनि हालतमा अब नीजिकरण गर्न नदिने बताएका  छन् । पत्रकारहरुसँग कुरा गर्दै मन्त्री यादवले सरकारी उद्योगलाई बरु साझेदारीमा लान सकिने , तर बेच्न नदिने उल्लेख गरे ।

उनले भने, ‘स्वदेशी प्रयोगमा आउने वस्तु उत्पादनमा अबको जोड हुन्छ । सरकारी उद्योगलाई नीजिकरण गर्दैनौँ बरु लिजमा दिन्छौँ, म रहुन्जेल नीजिकरण गर्न दिन्न ’। 

उद्योग क्षेत्रमा पनि सिण्डिकेट व्याप्त रहेको बताउदै मन्त्री यादवले उद्योग क्षेत्रको विकृति हटाउन पहिला मन्त्रालयको निशानामा ठूला खालका व्यवसायी तथा उद्योग पर्ने  बताए ।

उनले भने, ‘लडाईं हुँदा पहिला कमजोरलाई  निशाना बनाइन्थ्यो । अब यहाँ ठूलालाई निशाना बनाइन्छ । ताकि २ वटालाई निशाना बनाउँदा त्यसको प्रभाव बाँकी सबैमा परोस् ।’ 

मन्त्री यादवले आफु मन्त्री भएर आउँदा जुन उत्साह थियो त्यस्तो उत्साह नभेटिएको बताए । ‘हरेक काम सरल ढङ्गले बढ्छ भन्ने सोचेको तर यहाँ पुरानो माइन्डसेटले काम गर्नै गाह्रो भइरहेको छ । पुरानो माइन्टसेट भत्काएर नयाँ माइसेट गराउँन पहल गरिरहेको छु’ उनले भने ।

सम्बन्धित समाचार