उदयपुर, फागुन ३ । उल्टो मोटरसाईकल चलाएर विश्व कीर्तिमान कायम गर्ने उदयपुरे युवा चित्रकुमार कार्की फेरि सम्मानित भएका छन् । कीर्तिमानीमार्फत जिल्लाको र देशको शान बढाएका भन्दै उनलाई यहाँस्थित किनारा व्याण्डले सम्मानित गरेको हो । प्रणय दिवसको अवसरमा गाईघाटमा आयोजित कार्यक्रममा कार्कीलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । उनले सन् २०११ मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्लटो मोटरसाईकल चलाएर कीर्तिमानी कायम गरेका थिए । त्यस्तै पर्यटन, शान्ति र संविधानको नारासहित उनी यात्रामा निस्किएका थिए भने भारतका केही सहरहरुमा पनि उनले उल्टोमोटरसाईकलमा नेपाली झण्डा फहराएका थिए । आफूलाई पछिल्लो समय सम्मानित गराउने कार्य तीब्र रहेको तथा यसले आगामी दिनमा राष्ट्रिय गौरवका लागि थप प्रोत्साहन मिलिरहेको कार्कीले बताए । कार्कीले अब चाडै नयाँ थप किर्तिमानी राख्ने कार्यक्रमको अवसर मा बताएका छन् । आफ्नो सबै तयारी पुरा भए पनि सरकार पक्ष बाट कुनै सहयोग नमिलेका कारण प्राविक कठिनाई भईरको समेत गुनासो कार्कीले गरेका थिए ।