यज्ञराज उपाध्याय / कैलाली ।
यही बैशाख २२ गते कैलालीको पुर्वी प्रवेशद्वार चिसापानीमा उद्घाटन हुने कैलाली भ्रमण बर्ष २०७५ मा आउने प्रधानमन्त्री सहितको टोलिलाई टीकापुर पार्कमा स्वागत र सम्मान गरिने भएको छ ।
जिल्ला समन्वय समितीको आयोजकत्वमा हुने उद्घाटन कार्यक्रम पश्चात टीकापुर नगरपालिका र जानकी गाउँपालिका दुईवटै स्थानीय तहको संयुक्त आयोजनामा एक कार्यक्रमका बीच प्रधानमन्त्री सहित संघिय सरकारका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका मन्त्रीहरु, सबै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री र प्रदेशसभाका सदस्यहरु, प्रतिनीधि सभा र राष्ट्रिय सभाका सदस्यहरु, पुर्वमन्त्रीहरु, विभिन्न राजनीतिक दलका केन्द्रिय नेताहरुको टोलीलाई टीकापुर नगरपालिकाले सुदुरपश्चिमकै सुन्दर पर्यटकिय स्थल टीकापुर पार्कमा स्वागत गर्ने भएको छ ।
बिशिस्ट पाहुनाहरुको टोलिलाई २२ गते शनिबारको दिनमा टीकापुर पार्कमा स्वागत र सम्मान पश्चात खाना, नास्ताको ब्यवस्था, विभिन्न सांस्कृतिक कुराहरु झाँकी, देउडा, थारु नाचको जानकारी र अहिल लोपोन्मुख रहेको जलप्राणी डल्फिन पाईने एकमात्र स्थल दौलतपुरघाट नजिकको अवलोकन कार्यक्रम रहेको नगरपालिकाले भर्खर बनाएको प्रचार प्रसार उपसमितिका संयोजक दिर्घ बहादुर ठकुल्लाले बताए ।
टीकापुर पहिले देखि नै देशब्यापी रुपमा अलि नराम्रो किसिमले चिनिएको भएकाले प्रधानमन्त्री सहितको बिशिस्ट ब्यक्तिहरुको टोलि टीकापुर आउनु गौरबको कुरा भएको स्थानीयहरु बताउछन तर पाहुनाहरुको टोलिलाई बसाउने र ख्वाउने तर्फ चै अहिल सम्म अन्यौलता नै रहेको छ ।
आईतवार जिल्ला समन्वय समितिका संयोजक एवं कैलाली भ्रमण बर्ष २०७५ मुल समारोह समितिका अध्यक्ष सुर्य बहादुर थापा कै उपस्थिति र टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावलको अध्यक्षतामा नगरपालिकाको भवनमा भएको अन्तरक्रिया कार्यक्रममा होटल ब्यवसायीहरुले पाहुनाहरुलाई बसाउनका लागि आफुसङ्ग प्रयाप्त मात्रामा एसि कोठाहरु नभएको बताएपछि नगरपालिकाको पनि यस तर्फ ध्यानाकर्षण भएको छ ।
टीकापुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सङ्गै नगरपालिकाका प्रवक्ता समेत रहेका र हाल यस कार्यक्रमको लागि गठन गरिएको प्रचार प्रसार उपसमितिका संयोजक दुर्घ बहादुर ठकुल्लाले सोमबार नगरपालिकाको भवनमा टीकापुरका पत्रकारहरु सङ्ग अन्तरक्रिया गर्दै २२ गते सम्म टीकापुरमा भएका सम्पुर्ण मिडियाहरुले प्रधानमन्त्री समितको टोलि चिसापानीको उद्घाटन कार्यक्रम लगत्तै टीकापुर पार्क आउने कार्यक्रमलाई सकारात्मक रुपमा प्रसार गर्न आग्रह गर्दै कसरी यो कार्यक्रमलाई सफल बनाउने भन्ने सन्दर्भमा आफ्नो ध्यान गएको बताउनु भयो ।
पाहुनाहरुलाई टीकापुर पार्क लगायत यहाँका अन्य पर्यटकीय ठाउँहरुमा घुमाउन र यहाँका स्थानीय खानाहरु खुवाएर सन्तुष्टि दिनका लागि टीकापुर नगरपालिकाले तयारी तिब्रता साथ अगाडी बढाएको छ ।
त्यस्तै पाहुनाहरु लम्की टीकापुर सडक खण्डबाट नै टीकापुर आउने भएकाले उहाँहरुलाई फुलमाला र खादा सहितको स्वागत अनि स्वागत गेटका लागि जानकी गाउँपालिकाले पनि तयारी तिब्र अगाडी बढाएको गाउँपालिका प्रमुख प्रदिप चौधरी बताएका छन ।
उनले प्रधानमन्त्री आउने सम्बन्धि सबै कुराको बिस्तृत जानकारी आफुले नपाएको बताउदै प्रधानमन्त्री र अन्य पाहुनाहरुलाई जानकी गाउँपालिकाले टीकापुर पार्कमा खानाको ब्यवस्था मिलाउन सक्ने बताए तर बजेट छुट्टाउने सम्बन्धमा टीकापुर नगरपालिकाका कसैले पनि आफुहरु सङ्ग कुरा नगरेको भन्दै स्वभाविक रुपमा छुट्टाउने बजेट बाहेक अरु आफुले केही गर्न नसक्ने चौधरीको भनाई छ । लगभग ३ सय भन्दा बढी पाहुनाहरु सङ्गै आउने कार्यक्रम भएकाले टीकापुर नगरपालिका कार्यपालिकाको बैठकले विभिन्न उपसमितिहरु गठन गरिसकेको छ ।
नगरप्रमुख तपेन्द्र रावलको संयोजकत्वमा समग्र कार्यक्रम ब्यवस्थापन तथा समिती गठन गरिएको छ जसमा नगर उपप्रमुख केशरी बिष्ट, वडाध्यक्षहरु रामलाल डगौरा थारु, लालबिर चौधरी, दिर्घ बहादुर ठकुल्ला, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, कार्यपालिका सदस्य सञ्जा देवि ओड सदस्यहरुमा रहेका छन ।
त्यस्तै नगर उपप्रमुख केशरी बिष्टको संयोजकत्वमा बनाईएको अतिथी स्वागत तथा बिदाई उपसमितिमा कार्यपालिका सदस्यहरु उपमा देवि केसि, सीता देवि चौधरी, शान्ती देवि डगौरा थारु, शोभा नागार्जि रहेका छ्न भने वडा नम्बर ७ का अध्यक्ष रामलाल डगौरा थारुको संयोजकत्वमा बनेको साँस्कृतिक झाँकी तथा मञ्च ब्यवस्थापन उपसमितिमा वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्य, वडा नम्बर ३ का अध्यक्ष रामसेवक महतो, वडा नम्बर ६ का अध्यक्ष बलिराम चौधरी, कार्यपालिका सदस्य अक्कल बहादुर माझी सदस्य रहेका छन ।
वडा नम्बर २ का अध्यक्ष प्रकाश बहादुर बुढाको संयोजकत्वमा बनेको भोजन तथा आवास ब्यवस्थापन उपसमितिमा वडा नम्बर ५ का अध्यक्ष रामशंकर डगौरा थारु, वडा नम्बर ९ का अध्यक्ष लौटन चौधरी, कार्यपालिका सदस्य डम्बर राजी, रमेश बिक रहेका छन ।
यी सबै उपसमितिहरुमा एक संयोजक र चारजना सदस्यहरु रहेका छन । त्यस्तै सोमबार दुईवटा अरु ल उपसमिति पनि थप गरिएको छ । वडा नम्बर ६ का अध्यक्ष बलिराम चौधरीको संयोजकत्वमा नगरपालिकामा सरसफाईको शाखा तर्फ रहेका कर्मचारी देवि प्रसाद आचार्य सदस्य रहने गरि सरसफाइ तथा सौन्दर्य उपसमिती र वडा नम्बर ८ का अध्यक्ष एवं नगर प्रवक्ता दिर्घ बहादुर ठकुल्लाको संयोजकत्वमा सबै मिडियाका प्रतिनिधिहरु सदस्य रहने गरि प्रचार प्रसार उपसमिति बनाईएको कर्मचारी निर्मला चौधरीले जानकारी दिनुभयो ।