४ पुस, बुटवल । नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि देवदह नगरपालिकाको खैरेनी बजारमा सोमबार दिउँसो गोली प्रहार भएको छ । गोली लागेर तिवारी घाइते भएका छन् ।
रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले गोली हानेर फरार भएको डिएसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
गोली हान्ने समूहको पहिचान भएको छैन ।