यज्ञराज उपाध्याय
टीकापुर, चैत २७ टीकापुर अस्पतालका सहजताहरु भन्दा धेरै समस्याहरू भएको टीकापुर अस्पताल बिकास समितीका अध्यक्ष रतन खड्काले बताउनु भयो ।
अस्पतालमा विशेषज्ञ डाक्टरको कमि हुनु सबैभन्दा ठूलो समस्या भएको भन्दै जिल्ला अस्पताल सम्मको क्षमता भएको अस्पतालमा समस्यै समस्याहरु रहेको उल्लेख गर्नुभयो ।
२०४२/०४३ सालदेखि १५ शैयाको अस्पतालबाट सुरु भएको टीकापुर अस्पतालले २०७२/०७३ मा ५१ शैयाको अस्पतालको रुपमा स्विकृति पाईसकेको भएता पनि अस्पताललाई अहिल अघि बढाउन समेत गार्हो भैरहेको अवस्था छ ।
अध्यक्ष खडकाका अनुसार अस्पतालको दोश्रो मुख्य समस्या अन्तर्गत सरकारबाट बिनियोजन हुने बजेट स्थानीय तहको जिम्मामा गएपछि स्थानीय तहले अस्पताललाई आवश्यक बजेट स्थानीय तहबाट छुट्टाईएको छैन ।
स्थानीय तहको निर्वाचन भएर पनि जनप्रतिनिधिहरु आएको लामो समय भैसक्दा पनि जनप्रतिनिधिहरुले अस्पतालको बिषयमा कुनै चासो नदेखाएको खडकाले गुनासो समेत गर्नुभएको छ ।
अस्पतालमा भएका बिभिन्न समस्याहरु, चुनौतीहरु र तिनका समाधानका लागि स्थानीय तहको सहयोगका बिषयमा जनप्रतिनिधिहरुले अस्पतालको बिकास समिती सङ्ग छलफल गर्नुपर्नेमा अस्पताल सङ्ग कुनै छलफल नै नगरिएको खडकाको गुनासो रहेको छ ।
अस्पतालले अहिल टीकापुर नगर बिकास समिती मार्फत लगभग ३४ जना कर्मचारीहरुलाई राखेको र नेपाल सरकार मार्फत लगभग ४० जना कर्मचारीहरुलाई कार्यरत गरेको छ । अहिल सबै जिम्मेवारी स्थानीय तहले पाउँदा त्यही स्थानीय तहका जनप्रतिनिधिले टीकापुर अस्पतालदेखि माया मारेको जस्तो महसुस हुदा टीकापुर नगर बिकास समितिले राखेको कर्मचारीलाई राख्न पनि गार्हो अवस्था आउन सक्ने खडकाको आशंका छ ।
अस्पतालका समस्याहरु अन्तर्गत अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकहरु सरकारले नपठाउनु, विशेषज्ञको अभावमा अस्पतालमा उपलब्ध उपकरण पनि ठप्प हुनु, शवबाहनको राम्रो ब्यवस्था नहुनु, बाहिरबाट आएका कोहि डाक्टरहरुका लागि क्वाटरको ब्यवस्था नहुनु इत्यादी रहेका छन । जसको समाधानका लागि यसै क्षेत्रका कसैले पनि ध्यान पुर्याएको छैन ।
अस्पताल बिकास समितिको अध्यक्ष भएको १ बर्ष हुदा अहिल सम्म सरकारमा स्वास्थ्य मन्त्री, सचिव तीन तीनपटक परिवर्तन भएका कारण पनि टीकापुर अस्पतालले सरकार समक्ष बुझाउने प्रतिवेदन र ज्ञापनपत्रलाई सम्बन्धित निकायले हेरफेर गर्नै नपाउने भएका कारण पनि अस्पतालको थप सेवा सुविधामा धक्का परेको खडकाले उल्लेख गरे ।
जिल्ला अस्पताल सम्मको हैसियत भएको ५१ शैयाको टीकापुर अस्पतालमा थुप्रै उपकरणहरुलाई चलाउने विशेषज्ञहरुका कमिका कारण त्यतिकै धन्क्याएर राख्नु परेको र आमनागरिकले टीकापुर अस्पतालमा उपकरणको अभाव भएको भन्दै दुखेसो पोख्ने गरेको खडकाले बताए ।
अस्पतालले आफैमा आत्मनिर्भर हुन एउटा सपिङ्ग कम्प्लेक्स बनाउने योजना अघि सारे पनि स्थानीय तह, विभिन्न NGO/INGO को सहयोगको अभावका कारण त्यो योजनालाई योजनामै मात्र सिमित गर्नु परेको भन्दै खडकाले अस्पतालको स्थापनाकाल देखिको बिद्युतको बक्यौता अन्तर्गत लगभग ३५ लाख अझै बाँकी रहेकाले समेत अस्पताल धरापमा पर्न सक्ने बताए ।
अहिले मौसम परिवर्तन सङ्गै अस्पतालमा बिरामीहरुको उपस्थिती पनि बाक्लो हुन थालेको भन्दै अस्पतालमा बिरामीहरुको प्रकार अनुसार सेवा सुविधा दिइदै आईरहेको भएता पनि अहिल अस्पतालमा एउटा मात्र विशेषज्ञ डाक्टर भएकाले समस्या पैदा गरेको छ ।
टीकापुर अस्पतालमा दरबन्दी अनुसार १५ जना विशेषज्ञ हुनुपर्ने हो । त्यस्तै अस्पतालमा अहिल १२ जना स्टाफ नर्सहरु कार्यरत छन जसमा ३ जना नर्सहरु आफ्नै डेलिभरी केशका कारण बाहिर छन भने ९ जना अस्पताल मै छन । अध्यक्ष खडकाका अनुसार अस्पतालमा अझै ६ देखि ८ जना सम्म नर्सहरु थप्ने योजना छ । ९ जना नर्सहरुले मात्र अस्पतालमा आउने बिरामीहरुको चापलाई हेर्न नसक्ने भएका कारण अस्पताललाई थप नर्सहरुको आवश्यकता रहेको छ ।
अस्पतालका विभिन्न समस्याहरु मध्य केही समस्याहरुलाई समाधान गर्न केही समय अघि सम्म KOICA भन्ने अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेको थियो । उक्त संस्थाले टीकापुर अस्पतालमा करिब १० बर्ष सम्म रहेर अस्पताल परिसर भित्र ५१ कोठे नयाँ भवन समेत निर्माण गरिदिएको छ तर उक्त भवनको उद्घाटन भने भएको छैन ।
यस्तै थुप्रै संस्थाहरुले अस्पतालको बिकासका लागि सहयोग गरेता पनि अस्पताल भित्र भएका थुप्रै समस्याहरुलाई समाधान गर्न स्थानीय सरकारले नै महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने खडकाको भनाई छ ।
आगामी आर्थिक बर्षमा अस्पतालमा भएका समस्याहरुलाई समेटेर बजेट निर्माण गर्न प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा बिकास मन्त्री झपट बोहरा र सामाजिक बिकास मन्त्री दिर्घ सोडारीलाई ज्ञापनपत्र बुझाईएको खडकाले बताए । खडकाले आफ्नै कार्यकालमा टीकापुर अस्पताललाई देशकै पहिलो नमुना अस्पतालका रुपमा चिनाउने लक्ष्य रहेको समेत बताउनु भयो ।