टीकापुरमा लागुऔषध दुर्ब्यसनमा कडाई गर्दै प्रहरी, अघिल्लो आर्थिक बर्ष भन्दा यो बर्ष धेरै सुधार

अनलाइन दर्पण 2018-04-08
img

यज्ञराज उपाध्याय / टीकापुर, २५ चैत । टीकापुरमा पछिल्लो समय लागुऔषध तथा दुर्ब्यसनी समस्या ह्वात्तै बढ्न लागे सङ्गै ईलाका प्रहरी कार्यालय टीकापुरले आफ्नो दैनिक कार्यहरुमा कडाई गरेको छ । भारत नेपाल खुल्ला सिमाना पनि टीकापुर नगरपालिका अन्तर्गत नै भएका कारण लागुऔषध बढ्न थालेको हो । 
टीकापुरमा हुने अन्य घटना भन्दा पनि लागुऔषध तथा दुर्ब्यसनी अन्तर्गतका कृयाकलापहरुले अहिल टीकापुर क्षेत्र लगायत टीकापुर वरि परिका गाउँमा पनि मुख्य जरा गाडेको छ । यसले यहाँका आमनागरिकहरुलाई पनि बढी चिन्तित गरेको अवस्था छ । हुन त पहिले यो समस्या नभएकै त होइन तर कम मात्रामा रहेको भएता पनि अहिल भने दिन प्रतिदिन बढिरहेको छ जसले टीकापुरका आमनागरिकलाई मात्र चिन्तित नबनाई राष्ट्र कै नागरिकहरुलाई चिन्तित गरेको छ ।

लागुऔषध तथा दुर्ब्यसनीको न्यूनीकरणका निमित्त ईलाका प्रहरी कार्यालय टीकापुरले महत्त्वपूर्ण भुमिका खेलिरहेको प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले बताउनु भयो । कार्कीका अनुसार आर्थिक बर्ष २०७३/०७४ को भन्दा २०७४/०७५ मा आफुले अझ बढी उपलब्धि मुलक कार्य गरेको समेत कार्कीले जानकारी दिए । अघिल्लो आर्थिक बर्षको तुलनामा यो आर्थिक बर्षमा झण्डै तीन गुणा बढी लागुऔषध तथा दुर्ब्यसनीमा संलग्नकर्ताहरुलाई प्रहरीले  पक्रेर कारवाही अगाडी बढाएको कार्कीको बुझाई छ ।
"लागुऔषध कै कारण टीकापुरबाट कोहि मानिस अन्य सहर जान खोज्दा आफू टीकापुरको भन्ने बताए पछि आफुमा विभिन्न चेक पोस्टहरुमा अरु भन्दा बढी संकास्पद रुपले हेर्ने गरेको कुरालाई तपाई कसरी हेर्नू हुन्छ?" भने उपरीक्षक कार्कीलाई सोध्दा उनले त्यो स्वभाविक भएको बताए । टीकापुरमा केही समय अगाडी ४ लाख ३० हजार सहित सिद्धार्थ होटेल अगाडी खगेन्द्र गिरिको गिरोहलाई पक्रे देखि आफू बढी शसक्त भएको र त्यस पछि अघिल्लो र यो आर्थिक बर्षको सबैभन्दा बढीलाई पक्रेर कारवाही समेत फागुन महिनामै गरिएको जानकारी यत्रतत्र गएकाले पछिल्लो समय टीकापुरका नागरिकहरुलाई कहिँ जादा बढी निगरानीमा लिने गरेको कार्कीले बताए ।

लागुऔषध सबैभन्दा नराम्रो कुरा भएको भन्दै यसलाई रोकथाम गर्न सबैले हातेमालो गर्न आवश्यक रहेको कार्किको भनाई छ । लागुऔषध तथा दुर्ब्यसनीलाई निर्मुल नै गर्न नसके पनि केही मात्रामा रोकथाम गर्न सकिने बताउदै त्यसका लागि सबैके हातेमालो गर्नुपर्ने कार्किले बताउनु भयो । यस्तै लागुऔषध कै कारण टीकापुरका धेरै युवाहरु बिग्रीएका कारण अभिभावक आफैले पनि सचेत हुन आवश्यक रहेको उनको सुझाब छ । नराम्रो लतमा लागेका युवाहरु टीकापुरमा धेरै रहेको र धेरैलाई त आफुहरुले सम्झाई बुझाई गरेरै छोडेको तर केही प्रहरी कार्यालय सम्म नै ल्याएर कारवाही प्रकृया अघि बढाईएको ईलाका प्रहरी कार्यालय टीकापुरको डाटामै उल्लेख गरिएको छ । "टीकापुर लगायत यस वरपरका क्षेत्रमा लागुऔषध तथा दुर्ब्यसनी प्रयोग र ओसारपसार कार्यलाई रोक्न कसरी काम गरिराख्नु भएको छ ?" भन्दा कार्कीले भने, "विभिन्न टोलिहरु पठाएर, बाहिरी पोशाकमा प्रहरी जवानहरुलाई खटाएर कहाँ, के कस्ता नकारात्मक कार्य भैरहेको छ पत्ता लगाईरहेको र शंका लाग्ने जो कोहि ब्यक्तिलाई पक्रेर सोधपुछ गरि अनुसन्धान गरिरहेका छौं । रातदिन ड्युटी खाली छैन । हरेक बस्ती बस्ती टोल टोल पुगेका छौं । यदि यस लागुऔषध सङ्ग आवद्ध जो कोहि पनि भेट्यौ भने कारवाही गरेरै छाड्छौ, त्यसका निम्ति हामी लागि परेका छौं ।"

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख टीकापुर बहादुर कार्कीले आर्थिक बर्ष ०७३/०७४ मा लागूऔषध तथा दुर्ब्यसनी अन्तर्गत ६ वटा दर्ता गरिएका केशबाट १२ जनालाई कारवाही गरिएको बताउदै आर्थिक बर्ष २०७४/०७५ मा १७ वटा दर्ता गरिएका केशबाट ३६ जनालाई कारवाही गर्न सफल भएको बताएका छन । अबको आगामी आर्थिक बर्ष २०७५/०७६ अन्तर्गत टीकापुर नगरपालिकामा अहिलको बिद्यमान समस्या लागुपदार्थ एवं यस्तै नकारात्मक क्रियाकलाप न्यूनीकरणका लागि अझै कडाईका साथ सकृय हुने र अहिल जति यो समस्या छ त्यसको ५०% समस्या कम गर्ने आफ्नो योजना भएको कार्कीले बताए । कार्कीले आफुले बनाएको डाटाबाट जानकारी गराउदै अघिल्लो आर्थिक बर्षका १९.२८० ग्राम खैरो हिरोईन, ६५ किलोग्राम गाजा, २३३ पिस Nirtavet 10 table बरामत गरेको बताउनु भयो । अघिल्लो आर्थिक बर्षको तुलना यो आर्थिक बर्ष सकिन अझै ३ महिना बाकी रहदा ६९.३९० ग्राम खैरो हिरोईन, ७.३४० ग्राम गाँजा, ५८१ पिस Nirtavet 10 table, १६८ पिस Spasmo, १८ पिस Tricare sx/BIOTRAMA बरामत गरिएको बताउनु भयो । यो आर्थिक बर्षको अन्तसम्म यो परिणाम अझै बढ्न सक्ने कार्कीको दाबी छ ।

टीकापुर नगरपालिका अन्तर्गत खक्रौलामा खुल्ला नाका भएका कारण र त्यस क्षेत्रका केही आसपासका गाउँहरुबाट यस्ता लागुऔषध सम्बन्धित बस्तुहरु ओसारपसार भएका कारण बढी जसो त्यहाँका जनताहरु बढी चिन्तित रहेको कुरामा पनि कार्कीले सहमति जनाउदै त्यता तिर पनि अब कडाईका साथ ड्युटी गर्ने बताउनु भयो र खक्रौला भन्सारमा भएको चेक पोस्टमा महिला प्रहरी नरहेको कुरा गर्दा कार्किले पहिले उक्त चेक पोस्टमा महिला प्रहरीलाई सधैं पठाउने गरेको भएता पनि बिचमा नियमित नगरेको तर अबदेखि नियमित महिला प्रहरी पनि खटाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रहरीले टीकापुरमा हुने नकारात्मक कामहरुलाई न्यून बनाउन र सबै नागरिकहरुमा सुरक्षाको प्रत्याभूती गराउन कामहरु गरिरहेकाले सबै नगर बासी लगायत वरपरका गाउँका सबैले आफुहरुलाई साथ दिनुपर्ने र सहयोग गर्नुपर्ने ईलाका प्रहरी कार्यालय टीकापुरले अनुरोध समेत गरेको ।

सम्बन्धित समाचार