युवा शक्तिलाई हर हमेसा सक्रिय राख्नेछु,- नगर प्रमुख खगेन्द्र राई

अनलाइन दर्पण 2018-04-07
img

रमिला बस्नेत / उदयपुर । होटल चौदण्डी दरवार एण्ड पार्टी प्यालेसमा "चौदण्डीगढी नगरका युवा हरू एक हौं, लागू अौषध र दुर्वयसन बाट बचौं र बचाअौं।" भन्ने मुल नाराका साथ "नगर विकास र समृद्धिमा युवाहरूको भूमिका तथा कुलत र दुर्व्यसन सम्बन्धि सचेतना साथै नयाँ वर्ष २०७५ को शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ। 

चौदण्डीगढी युवा समूहको अायोजना तथा चौद्णडीगढी नगरपालिकाको सहयोगमा साथै पुमा अावासिय मा.वि-बेल्टार र वसन्त पञ्चमी सामुदायिक वन उपभोक्ता समूह-बेल्टारको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएकाे चाैँदण्डिगढि युवा समुहका अध्यक्ष सञ्जय राईले बताए। कार्यक्रममा चौ.न.पा. प्रमुख श्री खगेन्द्र राईको प्रमुख अातिथ्य तथा विभिन्न विद्यालयका प्रमुखहरू बुद्धिजीवी ,पत्रकार ,तथा समाजसेविहरु लगायत युवाहरुकाे अातिअातिथ्यतामा गरिएकाे कार्यक्रममासहजिकरण भने स.प्र.नि राजेस थापा , र प्र.नि. अाशाराम चाैँधरि ले गरेकाे सगरमाथा उ.मा.वि का प्रिन्सिपल जनक कार्किले जानकारी दिए।

त्यस्तै मन्तब्यकाे क्रम्मा नगर प्रमुखले, "नगरको विकास र समृद्धि युवाहरूको निष्कृयतामा नहुने भन्दै युवा शक्तिलाई हर हमेसा सकृय राख्नेमा कुनै कसर नछोड्ने भन्दै अागामी वर्ष कुलत र दुर्व्यसरको सचेतना कार्यक्रम नहुनेमा जोड दिदै युवाहरूमा चेतना अाईसकेको जानकारी समाजलाई हुनुपर्ने भन्दै नयाँ वर्षको शुभकामना सम्पुर्ण नगरवासीलाई दिएका छन्।

कार्यक्रममा समापन मन्तब्य राख्दै सभाअध्यक्ष राइले अाफु लगायत सम्पुर्ण चाैँदण्डिगढि युवा समुहकाे तर्फबाट प्रत्येक्ष परोक्ष रूपमा सहयोग गर्नुहुने व्यक्ति वा संस्थाहरूमा धन्यवादका साथ नयाँ वर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन भएको घाेषणा गरेका थिए। यस कार्यक्रम अघि पनि उक्त समुहले रक्तदान कार्यक्रम गरेकाे थियोे ।

सम्बन्धित समाचार