साँझपख नेपालीहरूलाई आयो यस्तो दु:खद खबर, पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

अनलाइन दर्पण 2018-03-30
img

काठमाडाैं, १६ चैत । मिर्गौला, छाती र नसाको समस्याबाट पीडित पूर्वगृहमन्त्री खुमबहादुर खड्काको उपचारको क्रममा भारतको दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका छन् । उहाँकाे पार्थिव शरीरलार्इ नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको शर्माले बताए ।’

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।

उनको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार नेपाली कांग्रेसका नेता शंकर भण्डारी र रमेश लेखक भारत पुगेका थिए ।

सम्बन्धित समाचार